बहुसंख्यकको कोपभाजनमा अल्पसंख्यक

बहुसंख्यकको कोपभाजनमा अल्पसंख्यक

  • बिहिबार, बैशाख १२ २०७०

नरेश फुयांल, काठमाडौ बैशाख १२ (पहिचान) अहिले सम्म मानव समूदायमा महिला या पुरुष मात्रै छन भनिन्छ । महिला र पुरुष बाहेक अरु त को नै पो हुन्छन् भन्नेहरुको भिडमा महिला, पुरुषसँगै समलिङ्गी तेश्रोलिङ्गी पनि हुन्छन् भनेर पहिचान गर्नेहरु धेरै कम छन् । जन्मदाँ पुरुष हुर्कदै जादाँ हाउभाउ रुप रंग, वोलिचाली महिलाको हुनेलाई महिला तेश्रोलिङ्गी र जन्मदाँ महिला हुर्कदै जाँदा हाउभाउ रुप रंग बोलिचाली सबै पुरुषको हुनेलाई पुरुष तेश्रोलिङ्गी भन्छौ । यो लिङ्गनै परिवर्तन हुने होइन । महिला महिलाबीच यौन आकर्षण हुने र पुरुष पुरुषबीच यौन आकर्षण हुनेलाई समलिङ्गी भनिन्छ भने लिङ्गी र योनी दुवै लिएर जन्मने व्यक्तीलाई अन्तरलिङ्गी भनिन्छ । त्यस्तै महिला र पुरुष दुवैसँग समान रुपले यौन आकर्षण हुनेलाई दुई लिङ्गी भनिन्छ । यो पाठ्यक्रममा उल्लेख भएका शव्द होइनन् । पाठ्यक्रममा नभएपनि नेपालमा बल्ल अहिले आएर सम्वोधन गर्न थालिएका उदाहरण मात्रै हुन् । चेतनामा आएको विकासले समाजमा केहि समय अघिसम्म हेलाको दृष्टिले हेरिने यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई अहिले धेरैले सामान्य रुपमा लिन थालिसकेका छन् । नेपालमा यो अवस्था ल्याउनका लागि नीलहिरा समाजले अद्वित्य भूमिका खेलको छ । घर परिवार समाजमा लुकेर बसेका, र बस्ने बाँस खोजेकाहरुको बासस्थाननै बनेको छ नील हिरा समाज । यौनिक तथा लैङ्गि अल्पसंख्यक पनी मान्छे नै हुन् । उनीहरुका पनि अरु बहुसंख्यकका जस्तै इच्छा, चाहाना र भाबना हुन्छन् । यति मात्र हो, उनिहरुलाई अहिलेसम्म हामीले बभ्न सकेको छैनौं । चाहेर होस या नचाहेर उनीहरु बिभेदमा छन् । उनिहरुलाई पनि बिबाह गर्न मन लाग्छ । घरजम गर्न रहर लाग्छ । नलागोस पनी किन रु उनिहरु पनि त हामी जस्तै न हुन् । त्यसैले उनीहरु यतिबेला नागरिकता प्राप्तिसंगै समलिङ्गी बिबाहको कुरा उठाइरहेका छन् । विश्वका केहि देशमा समलिङ्गी बिबाहले मान्यता पाइसकेको छ । त्यो नेपालका समलिङ्गी तेश्रो लिङ्गीले पनि पाउनु पर्छ भन्ने नील हिरा समाजको माग हो । समाज धेरै परिवर्तन भइसक्यो । समयक्रमको रफ्तारसागै समाजकि मूल्य मान्यता पनि परिवर्तन हुदै आएका छन् । जसलाई जे मन लाग्छ त्यो उसले गर्न पाउनु पर्छ । तर त्यसले अर्को पक्षलाई भने नकारात्मक असर पार्नु हुदैन । बिडम्बना नै भन्नु पर्छ । समलिङ्गी तेश्रो लिङ्गीको अधिकार उठाउने नीलहिरा समाजको नबिकरण हुन सकेको छैन । अनेक बाहानामा जिल्ला प्रशासन कार्यालय काठमार्डाैले संस्था नबिकरण नगरिदिंदा समाजका कार्यक्रमहरु नै प्रभावित भएका छन् । देशभरका ७ सय ५० जनालाई प्रत्यक्ष रोजगारी दिदै आएको संस्था नीलहिरा समाजको नबिकरण नगरिदिने काठमाण्डौका तत्कालिन प्रमुख जिल्ला अधिकारी चुणमणी शर्मा अहिले सरुवा भएर गइसकेका छन् । संस्था नविकरण लागि समाजसामु अघि सारेका सम्पूर्ण शर्त पुरा गर्दा पनि नबिकरण नगरिदिने शर्मा काठमाडौं जिल्ला प्रशासनमा रहंदा धेरै बिबादमा तानिए । त्यसैले उनलाई अहिले गृह मन्त्रालयमा तानिएको छ । उनको सरुवा पछि काठमाडौको प्रमुख जिल्ला अधिकारी भएर बसन्तराज गौतम आएका छन् । त्यसैले सम्पूर्ण शर्त पुरा गरिसकेको नीलहिरा समाजको अब चांडै नविकरण हुने अपेक्षा गरिएको छ । बिभिधता भित्र समता मूलक समाज सहितको एकता खोज्नु सबैको दायित्व हो । सबैलाई सबै कुरा थाहा हुदैन । त्यसैले जसले जानेको छ उसले अरुलाई सिकाउनु पर्छ । वास्तविकता के हो रु जानकारी दिनु पर्छ । अझै पनि समलिङ्गी तेश्रो लिङ्गीबारे धेरैलाई धेरै जानकारी छैन । लामो समयसम्म समाजमा आफ्नो पहिचान लुकाएर बसेका समुदायहरुबारे सबैले बुझिसकेका छैनन् । उनिहरुको शारीरिक अवस्था देखि मानसिक मनोबृत्ति पनि बुझनु आबश्यक छ । समलिङ्गी तेश्रो लिङ्गीबारे अझै पनि समाजका लब्ध प्रतिष्टित भनिने ब्यक्तिहरुलाई नै थाहा छैन । पत्रकार, शिक्षक, वकिल, चिकित्सक तथा कतिपय मानबअधिकार कर्मिहरुलाई पनि कमै जानकारी छ । त्यसैले सरकारले नै यसबारे सकेसम्म छोटो समयमा धेरै जानकारी दिनु पर्छ । पुरुष, महिला, समलिङ्गी तेश्रो लिङ्गी तथा सम्पूर्ण समुदायबीच समभाब र समदुरीको बाताबरण तयार गरेर बिभेदरहित समाज निर्माणमा सरकार केन्द्रित हुनु पर्छ । हनै भने समानता र अधिकारका जति सुकै चर्का भाषण गरेपनि त्यो “कागलाई बेल पाक्यो हर्ष न बिस्मात” सिवाय केहि हुने छैन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading