खाओ गाओ माओ

खाओ गाओ माओ

काठमाडौं १२, बैशाख । नेकपा–माओवादीभित्र संविधानसभा निर्वाचनमा भाग लिने/नलिने विषयलाई लिएर चर्को विवाद देखिएको छ । राजधानीमा जारी नेकपा–माओवादीको केन्द्रीय समिति बैठकमा केही सदस्यहरुले निर्वाचनमा जानुपर्ने बताएपछि चर्को विवाद भएको हो ।
स्रोतका अनुसार बहुमत केन्द्रीय सदस्यले निर्वाचनमा जानु नहुने बताएका छन् । केहिले भने निर्वाचनमा नगए पार्टीको अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन् । बैठकमा अध्यक्ष मोहन वैद्यले पेश गरेको राजनीतिक दस्तावेजमाथिको छलफलका क्रममा सदस्यहरुबीच मत बाझिएको हो ।
बैठकमा बोल्ने माओवादीका अधिकांश केन्द्रीय सदस्यहरुले अहिलेकै अवस्थामा तत्काल एकीकृत नेकपा माओवादीसँग एकता हुन नसक्ने बताएका छन् । अध्यक्ष वैद्यको राजनीतिक प्रस्तावमाथि १९ वटा समूह बनाएर छलफल भएको माओवादीले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.