वार्ताको प्रस्ताव

वार्ताको प्रस्ताव

काठमाडौं १२, बैशाख । संयुक्त औद्योगिक क्षेत्र फेरी सञ्चालन गर्न दक्षिण कोरियाले उत्तर कोरियासंग औपचारिक वार्ताको प्रस्ताव गरेको छ ।
त्यहांको एकीकरण मन्त्रालयले औद्योगिक क्षेत्रमा काम गर्ने श्रमिकलाई प्रभावित गर्ने मानवीय मुद्धा सम्बोधन र औद्योगिक क्षेत्रको अवस्था सामान्य बनाउन सरकारले वार्ताको प्रस्ताव गरेको जनाएको छ । उसले वार्ताका लागि उत्तर कोरिया सहमत नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएको छ ।
उत्तर कोरियाले यसै महिना औद्योगिक क्षेत्रमा दक्षिण कोरियाली कामदारको प्रवेशमा रोक लगाएको छ भने आफ्ना ५३ हजार कामदारलाई फिर्ता बोलाएको छ ।
यसैबीच दक्षिण कोरियाले उत्तर कोरियाली कदम पछि प्रभावित कम्पनीहरुलाई सहयोगको घोषणा गरेको छ । औद्योगिक क्षेत्रका कम्पनीहरुलाई कर छुट, विशेष ऋण, जागिर गुमाएकाहरुलाई प्रशिक्षण दिने सरकारी अधिकारीहरुले जनाएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.