रक्षक नै भक्षक

रक्षक नै भक्षक

चितवन, बैशाख १२ (पहिचान) मानव अधिकारकर्मीहरुले मुलुकमा घुसखोरी, दण्डहीनता र भ्रष्टाचार मौलाउनुमा सुरक्षा निकायको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयले बिहिबार चितवनमा गरेको “स्थानीय सुरक्षा निकायको भूमिका” विषयक अन्तरक्रियामा बोल्ने सरोकारवालाहरुले नेपाल प्रहरीमा कानुनी दायरामा ल्याउनुपर्ने मुद्धाहरुमा राजनीतिक हस्तक्षेप, नातावाद र कृपावाद हाबी भएको आरोप लगाए ।
नेपाल प्रहरीले आवश्यक मानविय संबेदना देखाउन नसकेको आरोप लगाएका छन् । अन्तरक्रियामा बोल्ने सरोकारवालाहरुले नेपाल प्रहरीमा पद्धतिको विकास हुन नसकेको भन्दै मानव संवेदनाका विषयमा प्रहरी अनभिज्ञ रहेको आरोप समेत लगाए ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, नागरिक समाज, महिला अधिकारकर्मी, व्यवसायी, पत्रकार तथा समाजसेवीले नेपालको सुरक्षा अवस्था र नेपाल प्रहरीका कमीकमजोरी औँल्याउदै प्रहरीलाई संयमित भएर आफ्नो कर्तव्य पूरा गर्न सुझाव दिएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.