नेपालमा पहिलो पटक मतदाता नामावलीमा तेश्रोलिङ्गी उल्लेख

नेपालमा पहिलो पटक मतदाता नामावलीमा तेश्रोलिङ्गी उल्लेख

  • आइतबार, बैशाख १५ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.10337136432require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.10477201976include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं बैशाख १५ (पहिचान)-निर्वाचन आयोगले पहिलो पटक महिला र पुरुषसँगै तेश्रोलिङ्गी उल्लेख गरेर फोटो सहितको मतदाता नामावली संकलन गरेको छ । आयोगले आउँदो संविधानसभा चुनावका लागि संकलन गरिरहेको मतदाता नामावलीमा महिला र पुरुषसँगै तेश्रोलिङ्गी उल्लेख गरेर नाम दर्ता गरेको हो । आयोगले बैशाख १५ गतेसम्म १ सय ७१ जना तेश्रोलिङ्गीले लिङ्गमा तेश्रोलिङ्गी उल्लेख गरेर नाम दर्ता गराएको आयोगका प्रवक्ता मधु रेग्मीले जानकारी दिए ।

यसअघिका चुनावमा लिङ्गमा महिला र पुरुष मात्रै हुन्थ्यो । निर्वाचन आयोगले गरेको यो व्यवस्थाको समलिङ्गी तेश्रोलिङ्गीको मातृसंस्था नील हिरा समाजले स्वागत गरेको छ । समाजका संस्थापक एवं कार्यकारी निर्देशक सुनिलवावु पन्तले निर्वाचन आयोगले समलिङ्गी तेश्रोलिङ्गीलाई निर्वाचनमा उम्मेदवार बन्न पाउने ग्यारेण्टी गर्नुपर्ने बताए । आयोगमा दर्ता हुने राजनीतिक दलले समलिङ्गी तेश्रोलिङ्गीलाई अनिवार्य उम्मेदवार बनाउनु पर्ने व्यवस्था गर्न आयोगलाई कार्यकारी निर्देशक पन्तले आग्रह गरे ।
निर्वाचन आयोगले समलिङ्गी तेश्रोलिङ्गी भएकै कारण मतदान गर्न पाउने अधिकारबाट बञ्चित हुनु नपर्ने स्पष्ट पारेको छ । आफ्नो पहिचान खुलाएर नाम दर्ता गर्न सकिन्छ निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले भने ः कोही पनि मतदानको अधिकारबाट बञ्चित नहुन भनेर महिला र पुरुषसँगै तेश्रोलिङ्गी उल्लेख गरिएको हो । आयुक्त यादवले समलिङ्गी तेश्रोलिङ्गीलाई फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन कुनै कठिनाई नहुने प्रतिवद्धता जनाए । निर्वाचन आयुक्त यादव सहितका आयोगका पदाधिकारीसँग पाँच विकास क्षेत्रबाट आएका समलिङ्गी तेश्रोलिङ्गी प्रतिनिधिले गरेको छलफलमा यादवले नाम दर्ता गराउन कुनै कठिनाई नहुने प्रतिवद्धता जनाएका हुन् ।
निर्वाचन आयुक्त यादवले समलिङ्गी तेश्रोलिङ्गीले सहज र सरल रुपमा मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेमा ढुक्क हुन आग्रह समेत गरे । आयुक्त यादवले नागरिकता लिएर आउने सबै समलिङ्गी तेश्रोलिङ्गीले सहज र सरल रुपमा नाम दर्ता गराउन सक्ने र नागरिकता नलिएका तर २०६४ सालको मतदाता नामावलीमा नाम भएका समलिङ्गी तेश्रोलिङ्गीले पनि नाम दर्ता गराउन सक्ने बताए । उनले नागरिकता लिन समस्या भए गृहमन्त्रालयलाई घचघच्याउन सुझाव दिए ।
समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाजले फोटो सहितको नामावली संकलनमा नागरिकता आवश्यक पर्ने र नागरिकता लिनका लागि झण्झट व्यहोर्नु परेकाले समलिङ्गी तेश्रोलिङ्गी मताधिकारबाट हुने हुन् कि भनेर आयोगको ध्यानाकर्षण गराएको हो ।
तेश्रोलिङ्गी मानवअधिकारकर्मी भक्ती शाहले धेरै समलिङ्गी तेश्रोलिङ्गीसँग पहिचान अनुसारको नागरिकता नभएकाले सहज रुपमा नागरिकता पाउन र फोटो सहितको मतदाता नामावली संकलनमा सहभागी हुने व्यवस्था गर्न आयोगसँग माग गरे । देशभरका समलिङ्गी तेश्रोलिङ्गी मतदानमा छुटिएकाली भन्ने चिन्तामा छन् शाहले भने ः यो चिन्ता निर्वाचन आयोगले हटाइदिनु पर्यो । तेश्रोलिङ्गी सुमन तामाङले समलिङ्गी तेश्रोलिङ्गीलाई नागरिकता लिन समय लाग्ने भएकाले सरल र सहज प्रक्रिया अपनाइदिन आग्रह गरे । समलिङ्गी तेश्रोलिङ्गीको मातृ संसथा नील हिरा समाजले सहज रुपमा नागरिकता पाउन, मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि आवश्यक निर्देशन र परिपत्र जारी गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा निवेदन दिइसकेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading