झाले ठड्याए चोर औंलो

झाले ठड्याए चोर औंलो

586
SHARES

काठमाडौं १८ बैशाख । घर छोडेर पराई घरमा पाइला टेकेका रामचन्द्र झाले आफूले घर छोडेपछि  अभिभावक झलनाथ खनालले  के भने त्यसको केहि अंश सार्वजनिक गरेका छन् ।
‘मैले एमाले परित्याग गरेको दिन झलनाथ जीले चार पटक फोन गर्नुभो’ इटहरीमा बुधबार आयोजित आमसभामा नेता झाले भने–’अहिले चुनावको मुखमा किन यसो गर्नुभो, हाम्रो त ढाडै भाच्चियो । कि पहिल्यै गरेको भए हुन्थ्यो कि चुनावपछि गर्नुपथ्र्यो भन्नुभयो ।’
झाले खनालको प्रश्नको जवाफमा आफूले सही समयमा सही निर्णय गरेको बताएको जानकाररी दिए । उनले खनालले पटक पटक पार्टी नछोड्न आग्रह गरेको बताए । एमालेप्रति आक्रमक रुपमा प्रस्तुत भएका झाले आफूहरुका मुद्धा सम्बोधन गर्न खनालले खोजे पनि झापा क्याम्पले विरोध गरेपछि झलनाथको परालको खुट्टा लरबरिएको बताए । झाले झापा क्याम्प भनेर केपी ओली गुटलाई लक्षित गरेका हुन् ।
एमाओवादी नेता झाले कांग्रेसले मधेसलाई आफ्नो चरण क्षेत्र बनाउन खोजेको टिप्पणी गर्दै भने–‘मधेस कांग्रेसको चरण क्षेत्र होइन आफ्ना छाडा पशुहरुलाई छाडेर नष्ट गर्ने दृष्टता नगर्नुस्’ झाले थपे–’मधेसमा स्वाभिमानको बालीले टुसा हाल्न थालेको छ । आफ्ना छाडा साँढेहरु नछोड्नुस् ।’
मधेसीवादी दलहरु भ्रष्टाचारी भएको आरोप लगाउदै उनले भने–’उहाँहरु जहाँ पाउने, त्यही नाक डुबाएर खाने हो । भ्रष्टाचारमा डुब्नु भएको छ ।’ झाले आफ्नो भाषणको अधिकांस समय एमाले, कांग्रेस सहित मधेसवादी दलहरुलाई गाली गर्नमै खर्चिएका थिए ।

समाचार शेयर गर्नुहोस्
586
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.