निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिङ्गी तेश्रो लिङ्गी पनि निर्वाचन लड्छन् : पन्त

समलिङ्गी तेश्रो लिङ्गी पनि निर्वाचन लड्छन् : पन्त

665
SHARES

काठमाडौं २१ बैशाख । समलिङ्गी तेश्रो लिङ्गीहरुले पनि आशन्न संविधान सभाको निर्वाचनमा उम्मेद्वारी दिने बताएका छन् ।
समलिङ्गी तथा तेश्रो लिङ्गीहरुको मातृ संस्था निलहिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्तले संविधानमै आफ्नो समुदायको अधिकार सुरक्षित गर्न आशन्न संविधान सभाको निर्वाचनमा उम्मेद्वारी दिने बताएका हुन् ।
निलहिरा समाजले शनिबार काभ्रेको बनेपामा आयोजना गरेको “समलिङ्गी तेश्रो लिङ्गीको मुद्धामा संचार माध्यमको भूमिका” बिषयक कार्यक्रममा पन्तले कुन पार्टी र कहांबाट कसकसले उम्मेद्वारी दिने त्यो भने स्पष्ट पारेनन् ।
उम्मद्वारी दिन समलिङ्गी तेश्रो लिङ्गीसंग नागरिकता नभएकाले त्यसमा समस्या आउने निश्चित रहेको भन्दै संस्थापक अध्यक्ष पन्तले भने–“हामी हाम्रा अधिकार सुनिश्चित गर्न कानून बनाउने नीति निर्माणकै तहमा पुग्न चाहान्छौं । तर त्यसका लागि निर्वाचन लड्न नागरिकता चाहिन्छ । त्यो समलिङ्गी तेश्रो लिङ्गीसंग छैन । उनले थपे– त्यसैले पत्रकार साथीहरुले हामीलाई नागरिकताका लागी सहयोग गरि दिनु पर्‍यो ।”
जवाफमा स्थानीय पत्रकारहरुले समलिङ्गी तेश्रो लिङ्गीका अधिकार लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै निलहिरा समाजले थालेको अधिकार प्राप्तिको अभियानलाई अझ सशक्त रुपले अघि बढाउन सुझाव दिए । समलिङ्गी तेश्रो लिङ्गीहरुको धार्मीक तथा ऐतिहांसिक पृष्ठभूमिका बिषयमा लामो चार्चा गरेका पन्तले काभ्रेमा ३६१ समलिङ्गी तेश्रो लिङ्गी खुलेर आएको जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्
665
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.