निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आगामी संविधान सभाको निर्वाचनमा छुट्टै दल खोलेर उठ्न सकिन्छ ः पन्त

आगामी संविधान सभाको निर्वाचनमा छुट्टै दल खोलेर उठ्न सकिन्छ ः पन्त

838
SHARES

काठमाडौं, २३ बैशाख । नरेश फुयाल – समलिङ्गी तेश्रो लिङ्गीहरुले आगामी संविधान सभाको निर्वाचनमा छुट्टै राजनीतिक दल खोलेर उठ्न सकिने बताएका छन् । आफ्ना अधिकार सुनिश्चित् गर्न नीति निर्माण तहमै पुग्न पार्टी गठनबारे छलफल भइरहेको समलिङ्गी तेश्रो लिङ्गहरुको मातृसंस्था निलहिरा समाजका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बताए । यद्यपी अन्य दलहरुले आफुहरुलाई सम्मानजनक ठाउ दिएको खण्डमा भने तत्काल नया दल दर्ता नगर्ने उनले स्पष्ट पारे ।
“हाम्रा अधिकार अब कसरी अघि बढाउन सकिन्छ भन्नेबारे हामी चिन्तित छौं । पन्तले भने,–सकेसम्म हामी अन्य दलहरुबाटै निर्वाचन लड्न चाहान्छौं । दलहरुले सम्मानजनक स्थान नदिए समलिङ्गी तेश्रो लिङ्गहरु मिलेर छुट्टै दल खडा गर्छांै । तर पार्टी खोल्ने अन्तिम निर्णय भई नसकेको उनले बताए ।” संचार माध्यम तथा राजनीतिक दलहरुलाई भेटेर आफ्नो नया योजना तथा निलहिरा समाजको रोकिएको अभियान संचालनका लागि कसरी अघि बढ्न सकिन्छ भन्नेबारे सुझाव लिन सोमबार कार्यकारी निर्देशक पन्तको नेतृत्वमा कातिन्पुर पब्लिकेशन पुगेको निलहिरा समाजको टोलीले सहज रुपमा नागरिकता पाउन नसकेको गुनासो गर्‍यो ।
समाजकी मानव अधिकार बिभाग प्रमुख तथा तेश्रो लिङ्ग मानव अधिकारकर्मी भूमिका श्रेष्ठले सरकारले आाफुहरुलाई नागरिकता नदिएकाले राज्यबाट प्राप्त सुविधा उपभोग गर्नबाट आफ्नो समुदाय बञ्चित भएको बताईन् । “सरोकारवाला निकायमा जाादा तिमीहरुलाई नागरिकता दिएपछि शिक्षा र रोजगारि पनि दिनु पर्छ । त्यसैले नागरिकता नै दिनु हुदैन ।” भन्ने गरेको उनको गुनासो छ ।
समाजका कार्यकारी निर्देशक पन्तले निलहिरा समाजको नविकरण जिल्ला प्रशासन कार्यलय काठमाण्डौले रोकिदिंदा आफ्नो कतिपय अभियान नै बन्द भएको भन्दै नविकरणका लागि सबैको सहयोगको आवश्यकता रहेको बताए । दातृसंस्थाले सहयोग बन्द गरिददा समाजमा आबद्ध समलिङ्गी तेश्रो लिङ्गीहरुले आठ महिनादेखी तलव सुविधान पाउन नसकेको भन्दै निर्देशक पन्तले आफुले दामका लागी नभएर कामका लागि अभियान चलाएको बताए । आफुलाई युएन लगाएका संस्थाले कामका लागि बोलाउदा समेत समलिङ्गी तेश्रो लिङ्गीका लागि केहि गरुं भन्ने उद्धेश्यले निलहिरा समाजमै रहेर काम गर्न चाहेको स्पष्ट पारे ।
कातिन्पुर दैनिकका पत्रकार गोपाल खनाल, घनश्याम खड्का लगायतका पत्रकारले समलिङ्गी तेश्रो लिङ्गका क्षेत्रमा काम गर्ने विश्वकै संस्थाहरु मध्ये निलहिरा समाज एक उदाहरणीय संस्था भएको भन्दै कसैले पनि उसको अभियानमा अबरोध गर्न नहुने बताए । उनिहरुले संस्थालाई अघि बढ्न नदिने नियत राखेर अनावश्यक प्रचार गरिनुमा कुनै राजनीतिक दल विशेषकै हात हुन सक्ने आंशका गर्दै यसबाट सचेत हुन सुझाव समेत दिए ।

समाचार शेयर गर्नुहोस्
838
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.