संविधानमै अधिकार सुनिश्चत गर्न भूमिका चुनावी दौडधुपमा

संविधानमै अधिकार सुनिश्चत गर्न भूमिका चुनावी दौडधुपमा

696
SHARES

नरेश फुयांल । नेपाली कांग्रेसका युवा नेता रामकृष्ण चित्रकारले आफ्नो पार्टीले मात्र समलिङ्गी तेश्रो लिङ्गीका मुद्धा उठाउन सक्ने बताएका छन् । विगटित संविधानसभामा कांग्रेसले समलिङ्गी तेश्रो लिङ्गीका मुद्धा जोडदारसाथ उठाएको उनको दाबी छ ।
समलिङ्गी तेश्रो लिङ्गी मानवअधिकारकर्मी भूमिका श्रेष्ठसंगको कुराकानीमा चित्रकारले तत्कालिन संविधान सभामा नेकपा संयुक्तका तर्फबाट सभासद बनेका सुनिलबाबु पन्तसंगै आफुसहित नेपाली कांग्रेसका सभासदहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका कुरा उठाउदा ततकालिन नेकपा माओवादीका सभासदहरु हांस्ने गरेको उनले स्मरण गरे ।
“म, सुनिल जि र हाम्रा साथीहरु समलिङ्गी तेश्रो लिङ्गीका मुद्धा संसदमा जोडदारसाथ उठाउथ्यौं । हाम्रो कुरा सुनेर माओवादीका सांसदहरु हांस्थे । तितो अनुभव यनले सुनाउदै भने, समाबेशी र उत्पीडित तथा सोशित पीडितका मुद्दा उठाउछौं भनेर कुरा मात्र गरेर हुदैन, त्यो ब्यबाहारमा पनि झल्किनु पर्छ । विश्वास लाग्दैन भने तपाई अहिले पनि मैले बोलेको रेकर्ड संसद सचिबालयमा गएर खोज्न सक्नु हुन्छ । त्यो विश्वले सुनेको कुरा हो ।”
कांग्रेस लोकतान्त्रिक चरित्र भएको पार्टी भएको भन्दै चित्रकारले समलिङ्गी तेश्रो लिङ्गीका मुद्धा संविधानमा सुरक्षित गर्न आगामी निर्वाचनमा समलिङ्गी तेश्रो लिङ्गी र कांग्रेस सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
समलिङ्गी तेश्रो लिङ्गी मानवअधिकारकर्मी भूमिका श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसंख्यकका मुद्धा उठाउन दलहरुले कञ्जुस्याई गरिरहेको भन्दै नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधि समेत रहेका चित्रकारसंग आगामी संविधानसभामा आफ्नो समुदायको धेरै भन्दा धेरै प्रतिनिधित्व कसरी गर्न सकिन्छ त्यसबारे पार्टीमा पहल गरिदिन आग्रह गरिन् । जवाफमा चित्रकारले समलिङ्गी तेश्रो लिङ्गीको अधिकार प्राप्तीका लागि आफ्नो पार्टी प्रतिबद्ध रहको भन्दै सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड् दिए ।

समाचार शेयर गर्नुहोस्
696
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.