निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

गणेश लामाको आडमा विनोद लामा समलिङ्गी तेश्रोलिङ्गी विरुद्ध लागेको पुष्टी

गणेश लामाको आडमा विनोद लामा समलिङ्गी तेश्रोलिङ्गी विरुद्ध लागेको पुष्टी

546
SHARES

पहिचान /काठमाण्डौ, जेठ ७ -समलिङ्गी तेश्रोलिङ्गी समूदायको मातृ संस्था नील हिरा समाज बन्द गराउन चर्चित डन गणेश लामाको समूह लागेको पुष्टी भएको छ । सम्पत्ती सुद्धिकरण तथा अनुशन्धान विभागले गैर कानुनी रुपमा अकूत सम्पत्ती कमाएको ठहर गर्दै विशेष अदालतमा मुद्धा दायर गरेका डन गणेश लामाको समूह समाज बन्द गराउन लागेको पुष्टी भएको हो । गणेश लामाका भाई विनोद लामाले नील हिरा समाज र समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्त विरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा मुद्धा दायर गरेका कारण अहिले सम्म समाजको नविकरण हुन सकेको छैन । सम्पत्ती सुद्धिकरण तथा अनुशन्धान विभागले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ती जफत गरी कारवाही गर्न विशेष अदालतमा दायर गरेको गणेश लामाका बुबा, आमा, श्रीमती र दुई भाई मध्ये विनोद लामाको नाम रहेको र विनोद लामालेनै नील हिरा समाजमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्धा दायर गरेकाले समाज बन्द गराउन चर्चिच डन गणेश लामाको परिवारनै सक्रिय भएको पुष्टी भएको हो ।

गणेश लामाले गैरकानुनी रुपमा आर्जन गरेको अकूत सम्पत्ती बुबा आमा, श्रीमती र भाई राकेश लामा र विनोद लामाको नाममा समेत राखेको सम्पत्ती सुद्धिकरण तथा अनुशन्धान विभागमा दायर गरेको मुद्धामा उल्लेख गरिएको छ । स्मरण रहोस, विनोद लामाले नील हिरा समाजलाई जसरी पनि बन्द गराउछु, मेरो गणेश लामा दाई हो भन्दै आएका थिए । विनोद लामाको त्यतिवेलाको बोली धम्की मात्रै होला भने पनि अहिले आएर सत्य सावित नै भएको छ । चर्चित डन गणेशका भाई विनोदले घर, परिवार, राज्यबाट विभेदमा परेका समलिङ्गी तेश्रोलिङ्गी समूदायको मातृ संस्था नील हिरा समाज बन्द गराउने र समलिङ्गी तेश्रोलिङ्गी समूदायको नाममा आउने सहयोग झ्वाम पार्ने रणनीतिका लिएको प्रष्टै भएको छ ।

विनोद लामाले समाज विरुद्ध काठमाण्डौंमा भएको पत्रकार सम्मेलनमा तेश्रोलिङ्गी हुँदैनन् भनेर भ्रम छर्ने काम गरेका थिए । उनका यि सबै दुष्प्रचारलाई राज्यको नियमनकारी निकायले संरक्षण दिनुले नील हिरा समाजको नविकरण हुन सकेको छैन । राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकारबादी संघ संस्था, दातृ निकायले समाजको नविकरण गर्न नेपाल सरकारलाई पटक पटक गरेको आग्रह तिनै चर्चित डन गणेश लामाका भाई विनोद लामामै दवावमा रोकिनुले यो देशको राज्य संयन्त्रको न्याय प्रणालीनै कमजोर रहेको गुनासो आएको छ । सरकारले यस्तो द्धैवद्ध चरित्र अन्त्य गरी समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाजको नवीकरण गर्नु पर्नेमा सरोकारवालाले जोड दिदै आएका छन् ।

समाचार शेयर गर्नुहोस्
546
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.