निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अधिकारका लागि सामूहिक दवाव दिन समलिङ्गी तेश्रोलिङ्गीलाई केसीको सुझाव

अधिकारका लागि सामूहिक दवाव दिन समलिङ्गी तेश्रोलिङ्गीलाई केसीको सुझाव

514
SHARES

काठमाडैं (पहिचान) जेठ २४- नेपाली कांगे्रसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले समलिङ्गी तेश्रोलिङ्गीको अधिकारका लागी सामूहिक दबाब दिन सुझाव दिनु भएको छ । राजनीतिक तथा कानूनी अधिकार प्राप्तीका लागी सामूहिक दबाव आबश्यक रहेको भन्दै केसीले संगठित भएर सरकारलाई दबाब दिन सुझाव दिनु भएको हो । 
समलिङ्गी तेश्रोलिङ्गीको मातृसंस्था नील हीरा समाजका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको नेतृत्वमा शुक्रबार बिहान केशी निबास काठमाडौं बानियाटार पुगेको समाजको टोलीसंग कुरा गर्दै केन्द्रिय सदस्य केसीले आगामी संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यकको प्रतिनिधित्वका लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाले कांगे्रस केन्द्रिय समितिको बैठकमा समलिङ्गी तेस्रोलिङ्गीलाई संविधानसभामा प्रतिनिधित्व गराउनु पर्ने बिषय एजेण्डाकै रुपमा उठाउने आश्वासन समेत दिनु भयो । संविधान बनाउनका लागी गठन हुने संविधानसभामा समाजका सबै बर्ग, लिङ्ग, जात जाती, भाषाभाषी लगायतको प्रतिनिधित्व हुनु आबश्यक रहेको भन्दै समलिङ्गी तेस्रोलिङ्गीलाई पनि संविधानसभामा समाबेश गर्नु पर्नेमा जोड दिनु भयो ।
नील हीरा समाजका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले अझैपनि आंफुहरुले पहिचान अनुसारको नागरिकता लिन समस्या परिरहेको भन्दै यसमा सरकार तथा राजनीतिक दलले विशेष पहल गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
समलिङ्गी तेश्रोलिङ्गीले नाम परिवर्तन गरेर नागरिकता लिन सक्ने बैधानिक व्यवस्था नभएकाले कानुन निर्माण गरेर सहज रुपमा पहिचान सहितको नागरिकता पाउने वातावरण बनाउने पहल गरिदिन पन्तले आग्रह गर्नुभयो ।
यस्तै समाजकी मानबअधिकार विभाग प्रमुख भूमिका श्रेष्ठले अझैपनि आफुसंग पुरुषको नाममा नागरिकता रहेको भन्दै आफ्नो पहिचान अनुसारको नागरिकता लिन चाहेको र त्यसका लागी पहल गरिदिन आग्रह गर्नु भयो ।
जवाफमा कांगे्रस केन्द्रिय सदस्य केशीले आफ्नो पार्टी समलिङ्गी तेस्रोलिङ्गीको पहिचानका लागी सकारात्मक रहेको भन्दै नागरिकताका बिषयमा पनि सरकारलाई सामूहिक दबाब दिन सुझाव दिनु भयो ।

समाचार शेयर गर्नुहोस्
514
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.