निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिङ्गी तेश्रोलिङ्गीलाई च्याउ खेती तालिम

समलिङ्गी तेश्रोलिङ्गीलाई च्याउ खेती तालिम

593
SHARES

सुमित पौडेल /भैरहवा (पहिचान) असार ९ -समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाजले राज्यका कुनै पनि निकायमा प्रतिष्पर्धा गर्नबाट विमूखलाई स्वरोजगार बनाउने प्रयत्नलाई निरन्तरता दिदै आएको छ । नील हिरा समाजका देशका ५३ वटा शहरमा रहेका शाखा कार्यालयले समलिङ्गी तेश्रोलिङ्गीलाई स्वरोगार बनाउने प्रयत्न जारी राखेको हो । रुपन्देहीको भैरहवामा रहेको नील हिरा समाजको शाखा कार्यालय भैरहवाले जिल्ला विकास समितिको सहयोगमा ३ दिने च्याउ खेती तालिम दिने भएको छ । तालिममा १५ जना यौनिक तथा लैंङ्गिक अल्पसंख्यक सहभागी हुने नील हिरा समाजले जनाएको छ । च्याउ खेती तालिम लिईसकेपछि बेरोजगार यौनिक तथा लैंङ्गिक अल्पसंख्यकले आफै च्याउ उत्पादन गरी बिक्री बितरण गरी जिविको पार्जन गर्न सक्षम हुने नील हिरा समाज शाखा कार्यलय भैरहवाका कार्यलय प्रमुख विण्णु पाण्डेले बताए । तालिममा सहभागीलाई निशुल्क विउ वितरण गरिने पाण्डेले बताए ।

समाचार शेयर गर्नुहोस्
593
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.