निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

इयुको घोषणाले समलिङ्गी तेश्रोलिङ्गीलाई कानुनी रुपमा बलियो बनाउन सहयोग गर्ने

इयुको घोषणाले समलिङ्गी तेश्रोलिङ्गीलाई कानुनी रुपमा बलियो बनाउन सहयोग गर्ने

573
SHARES

काठमाण्डौ (पहिचान) असार १२ – यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार आफ्नो विदेश नीतिकै एउटा महत्वपूर्ण पाटो भएको यूरोपेली युनियन (इयू) को घोषणाको समलिंगी तेश्रोलिंगीको मातृ संस्था नीलहिरा समाजले स्वागत गरेको छ । विदेशस्थित कुटनीतिक नियोग र विकास परियोजनामा लैंगिक अल्पसंख्यकका मुद्दालाई समेट्ने इयूको घोषणालाई समाजले सकारात्मक भनेको छ ।

इयूको विदेश परिषदले समलिंगी तेश्रोलिंगी लगायतको मानवअधिकार र रोजगारी प्रवद्र्धन तथा संरक्षण सम्बन्धि नियमावली पारित गरेको छ । यसले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई कानुनी रुपमा बलियो बनाउन सहयोग गर्ने समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तको विश्वास छ । आफ्नो परिचय लुकाउन बाध्य यौनिक तथा लैङ्गिक अल्पसख्यक समूदायका मानिसलाई अगाडी ल्याउन निकै सहयोग गर्ने समाजले जनाएको छ । यसले विद्यमान विभेदको अवस्था अन्त्य गर्न सघाउने अपेक्षा समाजले गरेको छ ।

नेपालमा महिला वा पुरुषका रुपमा आफ्नो परिचय दिन नचाहने समलिंगी तेश्रोलिंगीले अन्य भनेर नागरिकता लिने व्यवस्था छ । नेपालमा अहिले सम्म झण्डै ५ लाख समलिङ्गी तेश्रोलिङ्गी नील हिरा समाजको सम्पर्कमा रहेका समाजले जनाएको छ । समाजकै सक्रियतामा सर्वोच्च अदालतले २०६४ साल पुष ६ गते समलिङ्गी तेश्रोलिङ्गीलाई पहिचान अनुसारको नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि २०६९ पुष १६ गते मन्त्रीस्तरिय निर्णय गरी गृहमन्त्रालयले समलिङ्गी तेश्रोलिङ्गीलाई पहिचान अनुसारको नागरिकता दिन परिपत्र जारी गरिसकेको छ ।

समाचार शेयर गर्नुहोस्
573
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.