नरेश फुयांल–काठमाडौं, १८ असार । नेपाली कांग्रेसले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका मुद्दालाई आगामी संविधानसभाको निर्वाचनको आफ्नो पार्टीको घोषणा पत्रमा कसरी समाबेश गर्ने भन्ने बिषयमा नील हिरा समाजका पदाधीकारीहरुसंग छलफल गरेको छ ।
घोषणा पत्रको मसौयौदा तयार गरिरहेका प्रताप पौडेल र कृष्ण रिजालले समाजका पदाधिकारीहरु भूमिका श्रेष्ठ, भक्ति शाह तथा दुर्गा थापा र विष्णु अधिकारीसंग छलफल गरेको हो । छलफल समलिङ्गी तेस्रो लिङ्गीका मुद्दालाई कसरी पार्टीको घोषणापत्रमा समाबेश गर्ने भन्ने बिषयमा केन्द्रित रहेका नील हिरा समाजकी मानअधिकार बिभाग प्रमुख भूमिका श्रेष्ठले जानकारी दिईन् ।
सो छलफलमा प्रजातान्कि बिचारधारप्रती आस्था राख्ने यौनिक तथा लैङ्गीक अल्पसंखयकहरुको महासंघ बनाएर कांग्रेस समलिङ्गी तेस्रो लिङ्गी समुदायका अधिकारका लागी लड्ने पक्षमा रहेको घोषणा पत्रका मसौयौदाकार प्रताप पौडेल र कृष्ण रिजालले बताए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.