निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘ढुक्क हुनुहोस् समलिङ्गी तेस्रोलिङ्गीको प्रतिनिधित्व हुन्छ’

‘ढुक्क हुनुहोस् समलिङ्गी तेस्रोलिङ्गीको प्रतिनिधित्व हुन्छ’

557
SHARES

नरेश फुयांल(पहिचान)काठमाडौ–२५ असार – नेकपा एमालेका सचिव विष्णु पौडेलले आशन्न संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले समाजका सबैपक्षलाई समेट्ने बताएका छन् । संविधानसभा नेपाली जनताको प्रतिनिधिहरुको साझा थलो भएको भन्दै उनले आगामी संविधानसभामा सबैको उपस्थिति रहेने दाबी गरे ।

समलिङ्गी तेस्रोलिङ्गीहरुको मातृसंस्था नीलहिरा समाजको मानवअधिकार बिभागमा कार्यरत भक्ति शाहको नेतृत्वमा मंगलबार एमाले मुख्यालय बल्खु पुगेको टोलीसागको कुराकानीमा सचिव पौडेलले यौनिक तथा लैङ्गीक अल्पसंख्यकलाई पनि आगामी संविधानसभामा एमालेले प्रतिनिधित्व गराउने आश्वासन दिए ।
भक्ति शाहले विगतको संविधानसभा निर्वाचनका लागी तयार पारेको एमालेको घोषणा पत्रमा पनि एमालेले यौनिक तथा लैङ्गीक अल्पसंख्यकलाई समाबेश गर्ने बताए पनि त्यो ब्यबाहारमा कार्यान्वयन नगरेको गुनासो गरे ।

जवाफमा सचिव पौडेलले विगतमा जेसुकै भएपनि अब त्यसो नहुने प्रतिबद्धता जनाउदै बिगतका तिता कुराहरुलाई विर्सिएर अब सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए । भेटमा तेस्रो लिङ्गी पुरुष विष्णु अधिकारीले समलिङ्गी तेस्रोलिङ्गीहरुको मुद्धा र मागको संबोधन गर्न पनि आाफुहरुको उपस्थिति संविधानसभामा अनिवार्य रहको बताएका थिए ।

DSC09551नेकपा एमालेलाई नील हिरा समाजले बुझाएको मागपत्र
दोश्रो संविधान सभा चुनावमा राजनीतिक दल, निर्वाचन आयोग तथा नेपाल सकार समक्ष समलिंगी तेश्रोलिंगीका माग
१. सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले मतदान गर्न पाउने गरि नीति, कानून र बातावरण बनाउनु पर्ने ।
२. निर्वाचन ऐन ल्याउँदा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका उमेर पुगेका नेपाली नागरिकले आफ्नो पहिचान सहित उम्मेदवारी दिन पाउने सुनिश्चित गर्नुपर्ने ।
३. राजनीतिक दलले उम्मेदवारी चयन गर्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको समेत समाबेशी सुनिश्चित हुने गरी पार्टीको नीति परिवर्तन गर्नुपर्ने ।
४. यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकार, अवसर, समाबेशीता सुनिश्चित हुने गरी पार्टीको विधान, घोषणा पत्र, संवैधानिक अवधारणा पत्र लगायतका दस्तावेजमा उल्लेख गर्नुपर्ने ।
५. यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्याक्तिलाई “अन्य” भनेर नागरिकता दिने नेपाल सरकारको नियर्णको सहज कार्यान्वयन गर्नुपर्ने ।
६. राज्यबाट अन्य नागरीकले पाउने सेवा, सुविधा, अवसर तथा जिम्मेवारीमा भइरहेको विभेद अन्त्य गर्नुपर्ने ।
७. केन्द्र देखि स्थानीय स्थरसम्म पार्टी संरचनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई समावेस गर्नुपर्ने ।

धन्यबाद

यौनिक तथा लैङ्गिक अल्पसंख्यक परिवार
नील हिरा समाज

समाचार शेयर गर्नुहोस्
557
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.