निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आफ्नो समुदायको अवस्था बुझ्न नील हिरा समाज “रिसर्च” गर्दै

आफ्नो समुदायको अवस्था बुझ्न नील हिरा समाज “रिसर्च” गर्दै

585
SHARES

नरेश फुयांल– काठमाडौं–३१ असार । आफ्नो समुदायको आर्थीक, समाजीक, शैक्षिक तथा पारिवारिक अवस्था, एचआईभि एड्सको रोकथामका लागी गरिने उपचारसम्म आफ्नो समुदायको पंहुचबारे बुझ्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय आंफै कस्सिएका छन् ।जनसंख्या कति रहेको छ भन्ने यकिन तथ्याङ्गक आउने गरी सरकारले जनगणना समेत नगरेपछि असन्तुष्ट बनेका यौनिक तथा लैङ्गिक अल्पसंखयकले आफ्नो समुदायको आर्थीक, समाजीक, शैक्षिक तथा पारिवारिक अवस्थाबारे जानकारी लिन लागेका हुन् ।

आफ्नो समुदायको जनसंख्याबारे आंफै अनविज्ञ रहनु परेको र उनीहरुको समग्र अवस्था राम्रो नरहेपनि बास्तविक तथ्य नै पत्ता लगाउन यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारको क्षेत्रमा १३ वर्षदेखी काम गर्दै आएको संस्था नील हिरा समाज विलियम इन्स्चिउटको सहयोगमा अधिराज्यब्यापी अनुसन्धान गर्न लागेको हो । उक्त अनुसन्धानका लागी समाजले यही आइतबार र शनिबार ४० जिल्लाबाट प्रतिनिधि बोलाएर अनुसन्धन कसरी गर्ने र त्यसका बढी भन्दा बढी समलिङ्गी तेस्रो लिङ्गीलाई सहभागी गराएर कसरी शहि तथ्याङ्गक लिने भन्नेबारे दुई दिने तालिम प्रदान गरेको नील हिरा समाजका क्षेत्रीय कार्यक्रम संयोजक भक्ति शाहले जानकारी दिए ।

अनुसन्धानबाट समलिङ्गी तेस्रो लिङ्गीको वास्तविक तथ्याङ्गक बाहिर आउने र त्यसबाट उनीहरुका लागी लक्षित कार्यक्रम तयार पार्न सरकार तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको क्षेत्रमा काम गर्दै आएको संस्था नील हिरा समाजलाई पनि सहयोग पुग्ने नील हिरा समाजकी कन्ट्रि कोअर्डिनेटर दुर्गा थपाले जानकारी दिईन् । थापाले बिशेषगरी अनुसन्धान ३१ जिल्लामा केन्द्रित रहने यद्यपी अन्य जिल्लामा पनि जान सकिने र जुन सुकै जिल्लामा रहेकाहरुपनि अनुसन्धानमा सहभागी हुन सक्ने बताईन् ।

उनले अनुसन्धानले समलिङ्गी तेस्रो लिङ्गीको आर्थीक, सामाजीक, शैक्षिक साथै पारिवारिक अवस्था तथा एचआईभी एड्सको रोकथामको उपचार सम्म उनीहरुको पंहुच छ या छैन बाहिर आउने बिश्वास ब्यक्त गरिन् । थापाले यसका सहभागी भएर आफ्नो बास्तविक पहिचान खुलाउन समेत सबैसंग आग्रह गरिन् । अनुसन्धाका लागी ४० जना सहभागी हुने दुर्गा थापाले जानकारी दिईन् । संस्थागत रुपमा हुन लागेको यो नै अहिलेसम्मकै सबै भन्दा ठूलो अनुसन्धान भएको उनको दाबी छ ।

समाचार शेयर गर्नुहोस्
585
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.