समलिङ्गी तेस्रोलिङ्गीलाई संविधानसभामा प्रतिनिधित्व गराउने कोइरालाको वचन

समलिङ्गी तेस्रोलिङ्गीलाई संविधानसभामा प्रतिनिधित्व गराउने कोइरालाको वचन

551
SHARES

bhumika1नरेश फुयांल,काठमाडौ–१० साउन । नेपाली कांग्रेसको नेतृत्वले आगामी संविधानसभा अझ बढी समाबेशी चरित्रको हुने बताएका छन् । कांग्रेस सभापती सुशिल कोइराला र उपसभापती रामचन्द्र पौडेलले सबैका अधिकार सुरक्षती भएको संविधान बनाउनका लागी आफ्नो पार्टीले संविधानसभालाई समाबेशी बनाउने बताएका हुन् ।

विहीबार समलिङ्गी तेस्रो लिङ्गीहरुको नेतृत्व गर्दै आफ्नै निबास आएका काठमाडौं कांग्रेसका जिल्ला सभापती भिमसेनदास प्रधानलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका माग संबोधन गर्न पार्टी तयार रहेको भन्दै सभापती कोइरालाले उनीहरुलाई स्थानीय तहदेखी नै पार्टीमा जिम्मेवारी दिएर परिचालन गर्न निर्देशन समेत दिएका कोइरालाई उद्रित गर्दै तेस्रोलिङ्गी महिला भूमिका श्रेष्ठले बताइन् ।

यस्तै उपसभापति पौडेलले संविधानसभा सबैको साझा चौतारी हुनु पर्ने बताउदै त्यसका लागी अल्पसंख्यक समेदायको प्रतिनिधित्व हुने भन्दै त्यसमा ढुक्क हुन आग्रह गरे । पायल्सरोगबाट पिडित पौडेल सफल सलयक्रियापछि शिक्षण अस्पतालबाट बिहीबार डिस्चार्ज भएका छन् ।

संविधानसभामा समलिङ्गी तेस्रोलिङ्गीहरुको प्रतिनिधित्व गराउनु पर्नेमा जोड दिएका सभापती कोइरालाले त्यसका लागी आफुले कुनै कसर बाकी नराख्ने बताए । कांग्रेस महाधिबेशन प्रतिनिधि भूमिका श्रेष्ठलाई सभापति कोइरालाले भने,–“ महाधिबेशन प्रतिनिधिको जिम्मेवारी धेरै हुन्छ । पार्टीमा तपाई क्रियाशिल भएर लागेर सहयोग गर्नुस बाकी काम म गर्छु ।”

भेटमा आफ्नो मागपत्र पढेर सुनाएका तेस्रोलिङ्गी पुरुष भक्तिशाहलाई सभापति कोइरालाले नेविसंघबाट राजनीतिमा लाग्न सुझाव दिदै कांग्रेसले यौनिक तथा लैङ्गिक समुदायको छुट्टै भातृसंस्था तथा महासंघ गठन गरिदिने प्रतिबद्धता जनाए । कोइरालाले पछिल्लो समय समलिङ्गी तेस्रोलिङ्गी खुल्न थालेकोमा आफुलाई अत्यन्तै खुसी लागेको भेटमा सहभागी दुर्गा थापाले जानकारी दिइन् ।

समाचार शेयर गर्नुहोस्
551
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.