निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नील हिरा समाजको कार्यकारी निर्देशकमा सिंह नियुक्त

नील हिरा समाजको कार्यकारी निर्देशकमा सिंह नियुक्त

533
SHARES

“ब्यबस्थीत तर भद्रगोल नील हिरा समाज संहाल्नुस्, पृष्ठभूमिबाट म सहयोग गर्छु : पन्त”

ED

नरेश फुयांल । काठमाडौं १७, मंसिर । नील हिरा समाजको नेतृत्व सुदीप वहादुर सिंह ले सम्हालेका छन् । समलिङ्गी तेस्रोलिङ्गीको अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्था नील हिरा समाजका निवर्तमान कार्यकारी निर्देशक सुनिलबाबु पन्तले राजीजनमा दिएपछि सिंहले सो पद सम्हालेका हुन् । बिहीबारबाट कार्यकारी निर्देश्कको पद सम्हालेका सिंहको स्वागतमा आयोजना गरिएको स्वागत तथा परिचयात्मक कार्यक्रममा नवनियुक्त सिंहले निवर्तमान कार्यकारी निर्देशक पन्तले बसाईदिएको जगमा आफुले तला थप्ने प्रतिबद्धता जनाए ।

नील हिरा समाजको जारी अभियानलाई अझै बढी प्रभावकारी बनाउन समाजमा कार्यरत सबै कर्मचारीको आंफुलाई साथ सहयोगको आबश्यकता रहने भन्दै सिंहले उद्धेश्य प्राप्तीका लागी आफुले हरसमभवप्रयास गर्ने बताए । सिंहले आफुले राष्ट्रिय तथा अन्राट्रिय संघसंस्थामा काम गर्दाको अनुभव अब निलहिरा समाजमा खर्चिने बताए । सो अबसरमा समाजका कर्मचारीहरुले निवर्तमान कार्यकारी निर्देशक पन्तले समाजमा रहदा निर्देशकसंगै अभिभाबकको समेत भुमिका निर्वाह गरेको भन्दै नव नियुक्त सिंहले पनि पन्तको जस्तै निर्देशक संगै अभिभाबकको पनि भूमिका निर्बाह गर्ने अपेक्षा रहेको बताएका थिए ।

समाजका कर्मचारीहरुले पन्तले निर्देशकको पदबाट राजीनामा दिएपनि नील हिरा समाजबाट पुरै अलगिन नपनउने भन्दै आफुहरुलाई छोडेर नजान आग्रह गरे । जवाफमा पन्तले नील हिरा समाज आफुले जनाएको सन्तान भएको भन्दै समलिङ्गी तेस्रोलिङ्गीको अधिकार प्राप्तीको आन्दोलनमा आफ्नो क्रियासिलता रहिरने बताएका थिए । पन्तले राजनीतिक तथा कानूनी अधिकारका लागी आफ्नो क्रियाशिलता आगामी दिनमा झन् बढ्ने जानकारी दिएका थिए ।

सोही अबसरमा निबर्तमान कार्यकारी निर्देशक सुनिलबाबु पन्तले ठट्यौली शैलीमा नबनियुक्त कार्यकारी निर्देशक सिंहलाई नील हिरा समाज ब्यबस्थीत तर भद्रगोल संस्था भएको भन्दै त्यो सम्हाल्न सक्नु नै चुनौती रहेको बताएका थिए ।

समाचार शेयर गर्नुहोस्
533
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.