पूर्व सभासद पन्तलाई भित्र्याउदै एमाले

पूर्व सभासद पन्तलाई भित्र्याउदै एमाले

608
SHARES

sunilनरेश फुयांल,काठमाडौं–२३ साउन । पूर्व सभाषद तथा समलिङ्गी तेश्रोलिङ्गीको अधिकार प्राप्तीका अभियन्ता सुनीलबाबु पन्त सहितका समलिङ्गी तेश्रोलिङ्गीको एक समुह आफ्नो पार्टीमा प्रवेश गर्न लागेको नेकपा एमालेले जनाएको छ ।

गत सबिधानसभामा नेकपा सयुक्तको तर्फबाट सभाषद रहेका पन्त सहितको समुहलाई पार्टीमा भित्र्याउन एमालेले अन्तिम तयारी गरेको एमालेले जनाएको छ । यसका लागि पन्तको समुहसंग निरन्तर छलफल भैरहेको भन्दै एमाले सचिव शंकर पोखरेलले बुधबार पनि छलफल भएको जानकारी दिए ।

यता आफ्नो समुदायबाट एमालेमा प्रबेश गर्नेहरुको बिबरण जिल्लाजिल्लाबाट संकलन गर्ने काम भइरहेपनि आफु भने जाने या नजाने टुङो लागि नसकेको पन्तले बताए । “ म राजनीति गर्छु या गर्दिन फिक्स भइसकेको छैन । आज एमालेसाग सकारात्मक कुराकानी भयो ।” पन्तले भने,–“राम्रो कुराकानी भयो एमालेमा जाने अथवा राजनीति नै नगर्ने भन्ने बिषयमा मैले सोचिरहेको छु ।”

यता, एमाले सचिव पोखरेलले भने पन्तको नेतृत्वमा आउने समुहलाई एक औपचारिक कार्यक्रम नै गरेर पार्टीमा भित्र्याउने तयारी भैरहेको बताए । पन्तले समलिङ्गी तेश्रो लिङ्गीको मातृसस्था नीलहिरा समाजको कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएर बसेका छन् ।

समाचार शेयर गर्नुहोस्
608
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.