निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यस्तो देखियो समलिंगी तेश्रोलिंगीको गाइजात्रा

यस्तो देखियो समलिंगी तेश्रोलिंगीको गाइजात्रा

783
SHARES

नरेश फुयाल,काठमाडौं (पहिचान ) ६ भदौ – आज भाद्रकृष्ण प्रतिपदा, अथवा गाई जात्राको पहिलो दिन । काठमाडौ उपत्यका लागायत मुलुकका बिभिन्न जिल्लामा गाईजात्रा पर्वमनाइएको छ । आफ्ना दिवङ्गत भएका परिवारले गाई वा परिवारका सदस्यलाई जनवारको रुपमा सिंगारेर नगर परिक्रमा गरि मनाइएको छ ।

यसैक्रममा यो पर्व नेपालका समलिङ्गी तेस्रोलिङ्गीले पनि मनाएका छन् । समलिङ्गी तेस्रोलिङ्गीहरुको छाता संस्था नील हिरा समाजको आयोजनामा यो पर्व मनाइएको हो । विभिन्न कारणले मरेका आफ्ना समलिङ्गी तेस्रोलिङ्गी साथीहरुको सम्झनामा यो पर्व प्रत्यक वर्ष मनाउने गरिएको समाजले जनाएको छ ।jatra

विहान साढे ११ बजे काठमाडौको ठमेलस्थित कर्मचारी संचयकोष भवनबाट सुरु भएको समलिङ्गी तेस्रोलिङ्गीहरुको र्‍याली असन इन्द्रचोक, हनुमान ढोका, बसन्तपुर, न्यूरोड हुंदै दरबार मार्ग पुगेर टुङ्गीएको थियो । नेपाल तथा विदेशका गरि एक हजार भन्दा धेरैको संख्यमा भेला भएका समलिङ्गी तेस्रोलिङ्गी सहभागीहरुले बिभिन्न जातजातीको पहिरन तथा भेषभुषा पहिरिएका देख्न सकिन्थ्यो । व्याण्ड बाजा सहित तेस्रो लिङ्गी श्याम राना समिक्षाको खाई त मेरा अधिकार नया नेपालमा बोलका गीतमा र्‍यालीमा सहभागीहरु छमछमी नाचेका थिए । उक्त र्‍याली सडक पेटी, घरका छत तथा झयालबाट स्थानीयले हरेको थिए ।

तेसोलिङ्गी अधिकारकर्मी भुमिका श्रेष्ठले उक्त आफ्ना दिवङ्गत साथीहरुको सम्झना तथा अधिकार प्राप्तीका लागि आफ्नो उपस्थिति बलियो रहेको देखाउन मनाइएको जानकारी दिइन् । उनले आजको दिन यसअघी कहिल्यै नखेको यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु खुल्ने गरेका बताइन् ।sssss

सन् २००१ मा समलिङ्गी तेस्रोलिङ्गीहरुको छाता संस्था नील हिरा समाज स्थापीत भएदेखी नै वर्षेनी यो पर्व आफुहरुले मनाउदै आएको श्रेष्ठले बताइन् । नेपालमा करिब ५ लाख समलिङ्गी तेस्रोलिङ्गी खुलेर आइसकेका छन् । नेपालमा समलिङ्गी तेस्रोलिङ्गीहरुको संख्या करिब १० लाख रहेको नील हिरा समाजले दाबी गर्दै आएको छ ।

समाचार शेयर गर्नुहोस्
783
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.