समलिंगी तेश्रोलिंगीको गाइजात्रा महोत्सव ( तस्विर हेर्नुहोस )

समलिंगी तेश्रोलिंगीको गाइजात्रा महोत्सव ( तस्विर हेर्नुहोस )

काठमाण्डौ (पहिचान ) भदौ ६ म एक नागरिक, मेरो एक भोट, हाम्रो प्रतिनिधित्व खास महत्व छ भन्ने नाराका साथ समलिंगी तेश्रोलिंगी समूदायले भव्य कार्यक्रम गरेर गाइजात्रा पर्व मनाएका छन् । गएको वर्ष पोखरामा यस्तै भव्य कार्यक्रमका साथ गाइजात्रा पर्व मनाइएको थियो ।
गाइजात्रा कसैका लागि व्यङग्यात्म हुने गर्छ । कसैका लागि रामाइलो । अनि कसैका लागि एक बर्ष भित्र दिवंगत भएका व्यक्तीको सम्झना गर्ने दिन हुने गर्छ । तर अधिकार विहिन बनाइएका यौनिक तथा लैगिंक अल्पसंख्यकका लागि गाइजात्रा सबै माझ देखिने अवसर हुने गरेको छ । विगत ११ बर्षदेखि समलिंगी तेश्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले गाइजात्रा उत्सव मनाएर एक बर्ष भित्र दिवंगत भएका समलिंगी तेश्रोलिंगीको सम्झना गर्दै आएको छ । धेरै समलिंगी तेश्रोलिंगी गाइजात्रा महोत्सवकै अवसरमा खुल्ने गरेका छन् । यो अवसर नील हिरा समाजले जुटाउँदै आएको छ । यसको नेतृत्व समलिंगी तेश्रोलिंगीको अधिकारका लागि संघर्ष गर्दै आएको नील हिरा समाजका संस्थापक सुनिलवावु पन्तले शुरुवात गरेका हुन् । दिवंगत समलिंगी तेश्रोलिंगीको सम्झनामा काठमाण्डौंको बसन्तपुरमा मैनवत्ती बालियो । चौथो अन्तराष्ट्रिय गाइजात्रा महोत्सवको अवसरमा ठमेलबाट निकालिएको र्याली क्षेत्रपाटी, इन्द्रचोक, बसन्तपुर न्यूरोड, भोटाहिटी, जमल हुँदै लैनचौचरमा पुगेर सकिएको थियो । समलिंगी तेश्रोलिंगीको गाइजात्रा महोत्सवका केही तस्विर:

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.