यौनिक अल्पसंख्यकलाई एमालेले भित्रायाउदै

यौनिक अल्पसंख्यकलाई एमालेले भित्रायाउदै

नरेश फुयांल,(पहिचान) काठमाडौं–१७, भदौ । आशन्न संविधानसभाको निर्वाचन नजिकिदै जांदा विभिन्न राजनीतिक दलमा प्रवेश गर्ने क्रम पनि बाक्लिदै गएको छ । विभिन्न राजनीतिक दलमा आबद्ध ब्यक्ति तथा स्वतन्त्र नागरिकहरु पार्टी प्रवेश गरिरहेका छन् । निर्वाचनको मुखमा आफ्नो पार्टीमा आउन चाहानेहरुलाई दलहरुले पनि औपचारिक कार्यक्रमको आयोजना गरेर नै फूलमाला र खादा सहित सरसम्मान स्वाग गरेर पार्टीको साधारण देखी स्थायी सदस्यता समेत दिइरहेका छन् ।

यसैक्रममा सोमबार अपरान्ह् नेकपा एमालेले समलिङ्गी तेस्रोलिङ्गीहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउदैछ । पूर्व सभासद तथा यौनिक तथा लैङ्गिक समुदायको अधिकारका अभियान्ता सुनिलबाबु पन्त लगायत सयौ समलिङ्गी तेस्रोलिङ्गीहरुलाई एमालेले पार्टी मुख्यालय बल्खुमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर आफ्नो पार्टीमा भित्राउन लागेको हो ।

विगटित संविधानसभामा नेकपा संयुक्तबाट सभासद बनेका सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसंखयक संगै आर्थिक विकासको एजेण्डा सहित आंफु एमालेमा प्रवेश गर्न लागेको बताए । “हरेक दलमा जान सकिन्छ । उनले भने,–तर कसले हाम्रो मुद्धालाई कति समेट्छन् भन्ने कुरा महत्वको विषय हो । एमालेले हाम्रो मुद्धालाई समेट्ने बताएकाले म लगायत केहि साथीहरु त्यहां जान लागेका हौं ।” बिचार र आस्था मिल्ने पार्टीमा जो सुकै पनि जान सक्ने बताउदै पन्तले हरेक पार्टीमा गएर आफ्ना मुद्धा स्थापित गर्न आफ्नो सुमदायका ब्यक्तिहरु लागि रहको उनले बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.