निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“हामीलाई फोन गर्नुहोस्, कानूनी उपचार खोज्न सहयोग गछौं”

“हामीलाई फोन गर्नुहोस्, कानूनी उपचार खोज्न सहयोग गछौं”

563
SHARES

नरेश फुयांल (पहिचान) काठमाडौं–२८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य भुवन पाठकले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट अघी सार्न सकिने बताएका छन् ।

संविधानसभामा सबैको प्रतिनिधित्व हुनु पर्ने भन्दै उनले राप्रपा यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई संविधानसभामा पुर्‍याउन तयार रहेको बताए । सबैले समान अधिकार पाउनु पर्नेमा जोड दिदै उनले अधिकार दिन हिचकिचाउने प्रशासक बिरुद्ध कानूनी उपचार खोज्न समलिङ्गि तेस्रोलिङ्गि समुदायलाई सुझाव दिए ।

“कुन जिल्लामा तपाइहरुलाई जिल्ला प्रशासकले अधिकार दिने सवालमा कन्जुस्याई गर्छ, त्यहाको हाम्रो पार्टी कार्यालयमा फोन गर्नुहोस, पाठकले भने–,हाम्रा जिल्लाका साथीहरुले कानूनी उपचार गर्न तपाइहरुलाई सहयोग गर्नेछन् ।” समलिङ्गि तेस्रोलिङ्गि खुलेर नआएसम्म उनीहरुको अधिकार प्राप्तीको लडाई सफल हुन नसक्ने पाठकको धारणा छ । केन्द्रिय सदस्य पाठकले आफ्नो पार्टी सरकारमा नआए सम्म नेपालको राष्ट्रियता संकटमा परिरहने बताए ।

सत्ता र सरकारको वरिपरी घुमिरहेने दलहरुका कारण राष्ट्रियता इतिहांसकै सबैभन्दा कमजोर अवस्थामा पुगेको भन्दै उनले राष्ट्रियता बचाउन सबै राष्ट्रबादी शक्ति एक ठाउमा आउनु पर्नेमा जोड दिए ।

समाचार शेयर गर्नुहोस्
563
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.