को श्रमिक को मालिक ?

को श्रमिक को मालिक ?

  • बुधबार, असोज २ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0001461632{main}( ).../index.php:0
20.0002567152require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.09986974744require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.10106999328include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

भवानी घिमिरे (पहिचान) काठमाडौ /असोज २- मलाई त्यो दिन याद आयो । जुन दिन महिले म आफू श्रमिक हुँ भनेर आफु आफैमा विश्वस्त भए । काम गर्ने मान्छे श्रमिक हुन्छ । काम लगाउने (मालिक) रोजगारदाता हुन्छ । किन मालिक नभन्नु रोजगारदाता भन्नु भन्ने शव्दमा पनि ठूलै वहस भएको थियो । हो हामी श्रमिकनै हौ । जुन आस्था जुन विचार जे भएपनि काम गर्ने हामी सबै श्रमिकनै हौ । अन्तराष्ट्रिय श्रम संगठनले काम गर्नेलाई श्रमिक र काम लगाउनेलाई रोजगारदाता भनेर परिभाषित गरेको छ । त्यसैले श्रमिकको हक हितमा आवाज उठाउने श्रमिक संघ संगठनले मालिक होइन रोजगारदाता भन्नु पर्छ भनेर सम्वोधन गर्नु पर्छ भने । उनीहरुको निहित स्वार्थ जे होस तर काम लगाउने व्यक्ति वा संस्था रोजगारदाता मात्रै हो । त्यस्तै मालिक या रोजगारदाताको उपमा पाउनेमा सरकार र सरकारी निकाय पनि पर्दा रहेछन् । गृहमन्त्रालय मालिक र जिल्ला प्रशासन कार्यालय श्रमिक । दुवै सरकारी निकाय हुन् । सरकारले बनाएका नीति नियम दुवैले पालना गर्नु पर्छ । एउटाले निर्देशन दिने र अर्कोले पालना गर्ने काम भइरहेको प्रत्यक्ष देख्दा लाग्छ यि दुई मालिक र कामदार हुन् । हो यस्तै भएको छ गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरुमा ।
गृहमन्त्रालयले २०६९ साल पुष १६ गते यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई अन्य उल्लेख गरेर पहिचान अनुसारको नागरिकता दिन भनेर परिपत्र जारी गर्यो । परिपत्र जारी गरे लगत्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तले ऐतिहासिक सफलताको पहिलो खुटकिलो पार गरियो भने । उनले गृहमन्त्रालयको परिपत्र सबै माझ सार्वजकि गरे । हो यो यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका व्यक्तिका लागि खुशीको क्षण थियो ।home ministry

तर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तेश्रोलिंगी आनिक रानालाई पहिचान अनुसारको नागरिकता लिन जाँदा डाक्टर प्रमाण पत्र माग्यो । डाक्टरको प्रमाणपत्र माग्ने प्रशासन प्रमूखको हेपाह प्रवृत्तीको आलोचना मात्रै भएन उनले यस विषयमा गृहको परिपत्र अध्ययन नगरी पत्र लेखेर सोधे समलिंगी तेश्रोलिंगीलाई अन्य भनेर नागरिकता दिन मिल्छ र ?
हो उनी श्रमिकको रुपमा प्रस्तुत भए र मालिकका रुपमा उनले गृह मन्त्रालयलाई सोधे । गृह मन्त्रालयले २०७० साल भदौ १८ गते जिल्ला प्रशासन कार्यालय रुपन्ेदहीलाई सम्वोधन गरेर नागरिकता जारी गर्ने सम्वन्धी विषयमा पत्र काट्यो । मन्त्रालयको शाखा अधिकृत सुरेन्द्रराज पौडेलले हस्ताक्षर गरेको पत्र तल हेर्नुहोस ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading