निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समतामुलक समाज निर्माणको वाटो फराकिलो हुँदै

समतामुलक समाज निर्माणको वाटो फराकिलो हुँदै

725
SHARES

ललितपुर (पहिचान) असोज ५ -उमेश पाण्डेलाई पहिलेका कहालीलाग्दा दिन सम्झदा आँखाबाट आँशु बग्न थाल्छन् । टेकूमा रहेको आफ्नो घरमा साथी भाई जम्मा भएर नाँचगान गरेको खुशी क्षण पनि पाण्डेसँगै छ । पाण्डेलाई परिवारले सहयोग गरेरनै दुख सुख दुवैमा चित्त बुझाउने हिम्मत भयो । दुखमा नआत्तिनु र सुखमा नमात्तिनु भनेझै समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तको नेतृत्व पाएका पाण्डे सहितका समलिंगी तेश्रोलिंगीले १३ बर्षको अवधीमा पहिचान अनुसारको नागरिकता पाउन सफल भएका छन् ।

संविधान सभा चुनावमा दलहरुले गर्ने उम्मेदवार सिफारिसमा समलिंगी तेश्रोलिंगी परेका छन् । घर परिवार, समाज राज्यले समलिंगी तेश्रोलिंगीलाई समान अधिकार दिने विषयमा साथ दिन थालेको छ ।???????????????????????????????

नील हिरा समाजको ललितपुरमा रहेको परिचय समाजका अध्यक्ष उमेश पाण्डेलाई आमा मञ्जु पाण्डेले कुनै बन्धनमा पार्नु भएन । मञ्जु जस्तै आमा सबैका घरमा हुनुपर्छ उमेशले भने ः जन्म दिने कर्म दिने आमा वावुलेनै सहयोग नगर्दा अरुले गरेनन भनेर चित्त दुखाउने ठाउँ छैन । ???????????????????????????????
तर, अहिले समय वदलिएको छ । समाजको सोच परम्परागत छैन । त्यसैले समतामुलक समाज निर्माणको वाटो फराकिलो हुँदै गएको छ । समलिंगी तेश्रोलिंगी पनि यही समाजका विपरितलिंगी जस्तै समान नागरिक हुन भनेर पहिचान दिन थालिएको छ । यो खुशीसँगै ललितपुरमा रहेको नील हिरा समाजको शाखा कार्यालयले आफ्नो सातौ बार्षिक साधारण सभामा फरक यौनिकता भएका आफ्ना सन्तानलाई विभेद नगर्ने परिवार, समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता, दक्षिण एसिया स्तरिय यौनिक तथा लैङ्गिक खेलकूद महोत्समा पदक पाउने लगायतलाई सम्मान गरेको छ ।
???????????????????????????????समाजले समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता, नील हिरा समाजका संस्थापक सुनिलवावु पन्त, समलिंगी छोरा उमेश पाण्डेकी आमा मञ्जु पाण्डे, खेलकूद महोत्सवमा पदक प्राप्त गर्ने प्रेम जिसी र नवराज कार्की, दूर्गा थापा, उमेश पाण्डे, सुमन महर्जनलाई सम्मान गरेको हो । साधारण सभामा परिचय समाजका मनोरञ्जनकुमार बैद्यले आफूहरुको अधिकारकालागि अहिलेसम्म साथ सहयोग दिदै आउने सुनिलवावु पन्तको नेतृत्व अझै पनि आवश्यक रहेको वताए । हामी पन्तलाई भुल्न सक्दैनौ बैद्यले भने ः हामीबाट टाढा नहुनुहोस । समाजका अध्यक्ष उमेश पाण्डेले पन्तले गरेको योगदानकै कारण यहाँसम्म आउन सकेको भन्दै अव पनि योगदान आवश्यक रहेको बताए । नील हिरा समाजकी दुर्गा थापाले यसरी बोल्न सक्ने अवस्थामा पुर्याउने पन्तको योगदान विर्सन नसकिने बताइन ।

समाचार शेयर गर्नुहोस्
725
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.