निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रत्यक्षमा तेश्रोलिंगी महिला उम्मेदवार

प्रत्यक्षमा तेश्रोलिंगी महिला उम्मेदवार

713
SHARES

काठमाडौं -कहिले मादल बजाएर, त कहिले नाँचेर आफू तेश्रोलिंगी महिला भएको पहिचान स्थापित गराएका गीता सैथवारले संविधान सभा चुनावको प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका छन्। दोश्रो संविधान सभा चुनावमा सैथवार प्रत्यक्ष तर्फ उम्मेदवार गर्ने एक्लो तेश्रोलिंगी महिला उम्मेदवार हुन्। रामग्राम ७ उजेनीकी सैथवारले नवलपरासी क्षेत्र नम्वर ६ बाट प्रत्यक्षमा उम्मेदवारी दिएकी हुन्। सैथवार पुरुषको यौन अंग लिएर जन्मेका हुन्।
हुर्कदै बढ्दै जाँदा उनमा प्राकृतिक रुपमै यौन अंग बाहेकका सबै अंग महिलाकै भए। उनलाई अहिले पनि नवलपरासीमा केटा भनेर चिन्नेहरु मादल बजाउने र केटी भनेर चिन्नेहरु नाँच्ने मान्छे भनेर चिन्दछन्।
जिल्ला निर्वाचन कार्यालय नवलपरासीले तेश्रोलिंगी गीता सैथवारको उम्मेदवारी दर्ता भएको जनाएको छ। सैथवारको उम्मेदवारी कुनै दल या दल विनाको स्वतन्त्र कुनबाट दर्ता भएको हो त्यो भने भोली शुक्रवार मात्रै आधिकारिक जानकारी दिन सकिने निर्वाचन कार्यालय नवलपरासीले वताएको पत्रकार विद्रोही गिरीले जनाएका छन्। नवलपरासीमा तेश्रोलिंगी महिला गीता सैथवारले स्वतन्त्रबाट उम्मेदवार दिएको चर्चा चलेको छ भने केहीले राष्ट्रिय किसान युवा पार्टीका तर्फबाट उम्मेदवारी दिएको चर्चा चलाएका छन्।
नेपालमा पहिलो पटक भएको संविधान सभा चुनावमा देशभर धेरैले प्रत्यक्ष तर्फको उम्मेदवारी दिएको नील हिरा समाजसँग तथ्याङकनै छ। २०६४ साल चैत २८ गते भएको संविधान सभा चुनावमा प्रत्यक्ष तर्फको उम्मेदवारी दिएका भैरहवाका सन्तु पुन लगायतले यस पटक उम्मेदवारी दर्ता नगराएको तेश्रोलिंगी महिला आनिक रानाले जानकारी दिइन।
यस्तै नील हिरा समाजको धनगढीमा रहेको शाखा कार्यालयका राजु लामाले यो पटक समलिंगी तेश्रोलिंगीले प्रत्यक्ष तर्फ उम्मेदवारी नदिएको जानकारी दिए। नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपा नेपाल लगायतका दलले समलिंगी तेश्रोलिंगीलाई समानुपातिक तर्फ उम्मेदवार बनाउने आश्वासन दिएकाले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता नभएको लामाको बुझाई छ।

समाचार शेयर गर्नुहोस्
713
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.