काठमाडौं (पहिचान) कार्तिक ९ – मलाई एकदमै खुशी लागिरहेको छ । विगतमा फरक यौनिकता भएकै कारण कति धेरै विभेद खेप्नु पर्र्यो । तर आज मलाई सबैले सम्मान गरेको पाए । मलाई धेरै प्रोत्साहन मिलेको छ । सरकारका मूख्य सचिव लिलामणी पौडेललाई पनि समलिंगी तेश्रोलिंगीबारे जानकारी दिन पायौ । ढलमती बनेको वागमती नदी सफाईमा सहभागी यौनिक तथा लैगिंक अल्पसंख्यक विद्यार्थी मञ्चका अध्यक्ष भक्ती शाहले भने ः लुकेर बस्दा होइन, खुलेर आउँदा सम्मान पाइदो रहेछ ।
शाहको नेतृत्वमा ३० जना वागमती नदीको सरसफाईमा जुटे । ढलमती बनेको वागमतीको सफाईमा यौनिक तथा लैगिंक अल्पसंख्यक विद्यार्थी मञ्चसँगै नेपाल सरकारका मूख्य सचिव लिलामणी पौडेल पनि सहभागी थिए । शाहको नेतृत्वमा वागमती सफाईमा संलग्न प्रज्वल खड्कालाई शुरुमा समलिंगी तेश्रोलिंगीबारे ज्ञान थिएन । अरुले जे भने त्यही मानसिकतामा रहेका खड्काले समलिंगी तेश्रोलिंगी पनि आफू जस्तै समान नागरिक हुन भन्ने थाहा पाउन नील हिरा समाजमै पुग्नु पर्र्यो ।
समलिंगी तेश्रोलिंगी प्रति पहिले जुन धारणा थियो अहिले परिवर्तन भएको छ खड्काले भने ः नील हिरा समाजमा जति उहाँहरुलाई खुल्न सजिलो हुन्छ बाहिर खुल्न सक्ने वातावरण पहिले थिएन । अहिले त्यो अवस्था छैन । यौनिक तथा लैगिंक अल्पसंख्यक विद्यार्थी मञ्चका अध्यक्ष भक्ती शाहको नेतृत्वमा वागमती सफाईमा रहेका खड्काले भने ः वागमतीको सफाई हातले होइन मनले गर्नु पर्छ । अध्यक्ष शाहले समलिंगी तेश्रोलिंगी आफ्नै अधिकारका लागि मात्रै लडिरहेको भन्ने समाजमा रहेको भ्रम हटाउन वागमती नदी सफाईमा जुटेको वताए । शाहले वागमती सफाईमा आफूहरुको निरन्तरता रहने वताए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.