मतदाता नामावलीमा १ सय ५५ जना तेश्रोलिंगी, राज्यले खुल्ने वातावरण बनाएन ः अध्यक्ष गुरुङ

मतदाता नामावलीमा १ सय ५५ जना तेश्रोलिंगी, राज्यले खुल्ने वातावरण बनाएन ः अध्यक्ष गुरुङ

534
SHARES

काठमाडौं (पहिचान) कार्तिक १० -मंसिर ४ गते हुने संविधान सभा चुनावमा देशभरबाट १ सय ५५ जना तेश्रोलिंगीले फोटो सहितको मतदाता नामावलीमा नाम लेखाएको निर्वाचन आयोगले जनाएको छ । मतदाता नामावलीमा तेश्रोलिंगी उल्लेख गरेर १ सय ५५ जनाले नाम लेखाएको आयोगले जनाएको छ ।

यौनिक पहिचान अनुसार तेश्रोलिंगी उल्लेख गरेर नागरिकता लिएका तेश्रोलिंगी मतदाता १ सय ५५ जना रहेका हुन् । आफ्नो यौनिक पहिचान अनुसार नागरिकता लिन नपाएका समलिंगी तेश्रोलिंगीले पूरानो नागरिकतामा महिला भए महिला या पुरुष भए पुरुषनै उल्लेख गरेर मतदाता नामावलीमा नाम लेखाएकाले संख्या धेरै कम देखिएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन ।

गृह मन्त्रालयले यौनिक पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र जारी गरेपनि पहिलेनै नागरिकता लिएका समलिंगी तेश्रोलिंगीले अन्य उल्लेख गरेर नागरिकता लिन नसकेको अध्यक्ष गुरुङले बताइन । २०६४ साल पुष ६ गते यौनिक पहिचान अनुसार नागरिकता दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको र २०६९ साल पुष १६ गते गृहमन्त्रालयले परिपत्र जारी गरे पनि प्रशासन कार्यालयहरुले समलिंगी तेश्रोलिंगीलाई पहिचान अनुसारको नागरिकता दिन अनाकानी गरिरहेको नील हिरा समाजले जनाएको छ ।

धेरै समलिंगी तेश्रोलिंगी सरकारले प्रचार प्रसार नगर्दा खुल्न सक्ने अवस्था नभएको बताउँदै अध्यक्ष गुरुङले सर्वोच्चको आदेश र गृहको परिपत्र पछि पनि कतिपय प्रशासन कार्यालयले समलिंगी तेश्रोलिंगीलाई यौनाङ्ग देखाउन भन्ने गरेको गुनासो आइरहेको बताइन । समलिंगी तेश्रोलिंगीलाई राज्यका निकायलेनै लुक्न बाध्य पारेको नील हिरा समाजको ठम्माई छ । नील हिरा समाजका अनुसार देशभर ५ लाख भन्दा धेरै यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय छन् । संविधान सभा चुनावमा प्रत्यक्ष र समानुपातिक तर्फ ४ जनाले उम्मेदवारनै दिएका छन् ।

समाचार शेयर गर्नुहोस्
534
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.