निशुल्क सीप मुलक तामिममा समलिंगी तेश्रोलिंगी सहभागी हुन पाउने

निशुल्क सीप मुलक तामिममा समलिंगी तेश्रोलिंगी सहभागी हुन पाउने

777
SHARES

काठमाडौ (पहिचान) कार्तिक १० – विश्व वैंकको आर्थिक सहयोगमा संचालन हुन लागेको निशुल्क सीप मुलक तालिममा समलिंगी तेस्रोलिंगीलाई समावेश गराउन सकिने तालिम दिने संस्थाहरुले आश्वासन दिएका छन् । समलिंगी तेस्रोलिंगीको साझा संस्था नील हिरा समाजले तालिममा महिला र पुरुष मात्रै समावेश हुन पाउने सरकारी सूचनाले तालिममा सहभागी हुन पाउने अधिकारबाट आफूहरु बञ्चित भएको भन्दै आपत्ती जनाएपछि तालिम दिने संस्थाहरुले समलिंगी तेश्रोलिंगीलाई तालिममा सहभागी गराउन सकिने आश्वासन दिएका हुन् ।
देशका ४४ जिल्लामा संचालन हुने निशुल्क तालिममा १६ देखि ४० बर्ष उमेरका पुरुष, महिलासँगै समलिंगी तेश्रोलिंगीलाई समावेश गर्न कुनै कठिनाई नहुने तालिम प्रदायक संस्थाहरुले वताएको यौनिक तथा लैगिंक अल्पसंख्यक महासंघका उपाध्यक्ष संजय शर्माले जानकारी दिए । नेपाल सरकार शिक्षा मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना सुविधानगर काठमाडौंले असोज ६ गते एक दैनिक पत्रिकामा निकालेको निशुल्क सीपमुलक तालिम संचालन हुने सम्वन्धी सूचनामा महिला र पुरुष मात्रै समावेश हुन पाउने भनिएको थियो ।

सर्वोच्च अदालतले महिला र पुरुष भन्दा फरक यौनिकता भएका व्यक्तिलाई अन्य भनेर पहिचान दिन सरकारका नाममा आदेश दिइसकेपनि सरकारले समलिंगी तेश्रोलिंगीलाई निशुल्क तालिममा समावेश हुन पाउने अधिकारबाट वञ्चित नगराउन नील हिरा समाजका संस्थापक एवं पूर्व सभासद् सुनिलवावु पन्तले सरोकारवाला निकायलाई दवाव दिदै आउनु भएको थियो ।

समाचार शेयर गर्नुहोस्
777
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.