निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संविधान सभालाई समावेशी बनाउन समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व हुनुपर्छ

संविधान सभालाई समावेशी बनाउन समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व हुनुपर्छ

591
SHARES

काठमाडौं (पहिचान) मंसिर १० -अधिकार विहिनलाई अधिकार सम्पन्न बनाउन दोश्रो पटक भएको संविधान सभा चुनावमा समलिंगी तेश्रोलिंगीले उत्साहका साथ मतदान गरेका छन् । देशभर रहेका समलिंगी तेश्रोलिंगीले संविधान लेख्नका लागि भएको चुनावमा उत्साहका साथ मतदान गरेका हुन् । यो पटकको चुनावमा पनि मतदानका लागि महिला र पुरुषको मात्रै लाइनको व्यवस्था गरिएकाले धेरै तेश्रोलिंगी भने मतदान नगरी फर्कन बाध्य भएको समलिंगी तेश्रोलिंगी चुनाव पर्यवेक्षण टोलीले जनाएको छ । ठूला दलले समानुपातिक तर्फको उम्मेदवार नवनाएकोमा दुखी भएका समलिंगी तेश्रोलिंगी चुनावको दिन मंसिर ४ गते उत्साहित हुँदै आ आफ्नो मतदान केन्द्रमा पुगेका थिए । म त चुनाव प्रचार लागिरहेको हो दाङकी तेश्रोलिंगी शिल्पा चौधरीले भनिन् विहान वेलुका केही नभनी प्रचार प्रसारमा जुटियो । चौधरी नेकपा एमालेको प्रचार प्रसारमा थिइन । पार्टीले समानुपातिक तर्फ समलिंगी तेश्रोलिंगीलाई उम्मेदवार नबनाएको दुख लागेपनि चुनावी प्रचारमा पार्टीलाई जिताउन लागेको तेश्रोलिंगी चौधरीको भनाई छ । चुनाव प्रचारमा लाग्ने चौधरी एक्लो भने होइनन्, धेरै समलिंगी तेश्रोलिंगी चुनावमा भोट नहाल्ने भनेपनि प्रचार प्रसारमा जुटेका थिए ।???????????????????????????????

नेकपा एमाले दाङ क्षेत्रिय कमिटीले शिल्पाको चुनाव प्रचार प्रसारमा भएको योगदानको पार्टीले सम्मान गर्ने आश्वासन नै दिएको छ । देशभर रहेका समलिंगी तेश्रोलिंगीको अधिकारका लागि संगठित रुपमा दवाव दिदै आएको नील हिरा समाजले समलिंगी तेश्रोलिंगीलाई राजनीतिक दलले उचित स्थान दिएर सम्मान गर्ने विश्वास लिएको बताएको छ । समानुपातिक तर्फको उम्मेदवार नवनाउदाँ दुख लाग्नु स्वभाविका हो एक जना समलिंगीले भने ः जन्मेदेखिनै विभेदमा परेका हामीलाई आश्वासनमा मात्रै टार्ने काम त हुँदैन होला नि ? राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमालेले कुनै कन्जुस्याई नगरी एक जना मात्रै भएपनि समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा पुर्याउने आशा उनको छ ।

देशभर रहेका ५ लाख भन्दा धेरै समलिंगी मध्ये झण्डै चार लाखले चुनावमा स्वतन्त्र रुपमा मतदान गरेका छन् । दलहरुले उनीहरुको मतको कदर गर्ने हो भने कम्तीमा १० जना समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा प्रतिनिधित्व गराउनु पर्छ । दलहरुले संविधान सभालाई समावेशी बनाउन पनि समलिंगी तेश्रोलिंगीलाई प्रतिनिधित्व गराउनु जरुरी छ ।

समाचार शेयर गर्नुहोस्
591
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.