समलिंगी तेश्रोलिंगी विद्यार्थी भर्ना प्रक्रियामा रहेका कमजोरी सच्याउनु पर्नेमा जोड

समलिंगी तेश्रोलिंगी विद्यार्थी भर्ना प्रक्रियामा रहेका कमजोरी सच्याउनु पर्नेमा जोड

  • शनिबार, मंसिर १५ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.09557275128require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.09687340672include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

पोखरा (पहिचान) मंसिर १५- विद्यालय भर्नामै समलिंगी तेश्रोलिंगीको पहिचान खुलाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । महिला र पुरुष मात्रै भनेर विद्यार्थी भर्ना गर्दा समलिंगी तेश्रोलिंगी विद्यार्थी आफ्नो पहिचान लुकाउन बाध्य हुने गरेको सरोकारवालको भनाई छ । विद्यालयका शिक्षक तथा क्याम्पसका प्राध्यापकहरुले समलिंगी तेश्रोलिंगी विद्यार्थीले पहिचान नखुलाउनु र पहिचान खुलाए विभेद हुने गरेको बताए । उनीहरुले समलिंगी तेश्रोलिंगी विद्यार्थी भर्ना गर्दानै पहिचान हुनु पर्ने र महिला पुरुष सरह समान व्यवहार गर्नुपर्नेमा जोड दिए ।

कास्कीको पोखरामा विश्व वैंकको सहयोग तथा नील हिरा समाजको आयोजनामा भएको प्रशिक्षकहरुको प्रशिक्षण कार्यक्रममा सहभाथी शिक्षक तथा प्राध्यापकहरुले भर्ना प्रक्रियामा रहेको कमजोरी सच्याउन राज्यलाई दवाव दिन आग्रह गरे । नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूर्व सभासद् सुनिलवावु पन्तले समावेशी संस्कार नहुँदा समलिंगी तेश्रोलिंगी विद्यार्थी माथि विभेद भइरहेको बताए । पन्तले समावेशी संस्कारको विकास गर्न शिक्षक तथा प्राध्यापकको भूमिका महत्वपूर्ण हुने बताए ।
नीतिगत समस्या हटाउन आग्रह
नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूर्व सभासद् सुनिलवावु पन्तले शिक्षा सचिव महाश्रम शर्मालाई समलिंगी तेश्रोलिंगीलाई सहज रुपमा विद्यालयमा अध्ययन गर्ने वातावरण बनाउन नीति गत रुपमा व्यवस्था गर्न आग्रह गरे । सचिव शर्मालाई फोन गरेर पन्तले शिक्षा मन्त्रालयले अहिले संकलन गर्न लागेका तथ्याङकमा समलिंगी तेश्रोलिंगी छुट्न नहुने बताए ।

शर्माले समलिंगी तेश्रोलिंगी विद्यार्थीको अध्ययनमा सहज हुने नीति बनाउन शिक्षा मन्त्रालय प्रतिवद्ध भएको वताए । शर्माले नील हिरा समाजका संस्थापक अध्यक्ष पन्तलाई समलिंगी तेश्रोलिंगी समूदायको समस्या समाधानका लागि मन्त्रालयमा निवेदन दिन आग्रह गरेको पन्तले जानकारी दिए । 2
छात्रवृत्ति पाउन समस्या
कास्की, पर्वत, स्याङजामा अध्यापन गराउँदै आएका शिक्षक तथा प्राध्यापकहरुले समलिंगी तेश्रोलिंगीलाई छात्रवृत्ति वितरण गर्न नसकिएको बताएका छन् । शिक्षा मन्त्रालयले महिला र पुरुषलाई मात्रै छात्रवृत्ति वितरण गर्ने व्यवस्था गरेकाले समलिंगी तेश्रोलिंगी छात्रवृत्ति पाउनबाट बञ्चित भएको उनीहरुको भनाई छ ।

सरकारले कानुनमै व्यवस्था गरे समलिंगी तेश्रोलिंगीले पनि छात्रवृत्ति लगायतका सेवा सुविधा पाउथे उनीहरुले भने ः सेवा सुविधा लिनका लागि समलिंगी तेश्रोलिंगीले आफ्नो पहिचान लुकाउनु परेको छ । 3
(क) समूहगत रुपमा समलिंगी तेश्रोलिंगीमा देखिएका समस्या
१. भर्ना प्रक्रियामा लिङ्गगत पहिचानको समस्या
२. आत्मसम्मानमा चोट
३. पहिरनको समस्या
४. अन्तरनिहित प्रतिभा नखुल्ने, क्षमतामा रोक
५. मानसिक तनाव र नकारात्मक सोचाईमा बृद्धि
६. हीनताबोधको विकास
७. साथीसँग भावना नमिल्दा कक्षा छोड्ने
८. अश्लिल, अपशव्द तथा जिस्काउने
९. शैक्षिक सामग्री एवं उखान टुक्कामा विभेद
१०. शौचालय तथा भवन तेश्रोलिंगी मैत्री नहुनु
११. शिक्षण विधि समूह छलफल प्रक्रिया नहुनु
१२. सरकारी तथा अन्य अवसरमा विभेद
१३. अतिरिक्त क्रियाकलापमा सहभागिता नगराउनु
१४. संस्थागत वेवास्था र असुरक्षा
१५ . आत्महत्याको प्रयास
(ख) समलिंगी तेश्रोलिंगी विद्यार्थीका विद्यालयमा देखिने समस्या
१ . भर्नामा लिङ्ग पहिचान नहुने
२. बसाई व्यवस्थापन नहुने
३. लैङ्गिक अपमान जनक उपनाम
४. सामाजिक समायोजन नहुने
५. शैचालयसँँग नहुनु
६. अतिरिक्त क्रियाकलापमा सहभागिता नगराउनु
७. विद्यालय समलिंगी र तेश्रोलिंगी मैत्री नहुनु
८. छात्रवुत्ति र प्रमाणपत्र पाउन नसक्नु
९. शिक्षा ऐन र नियमावलीमा त्यस्ता विद्यार्थीको लागि आवश्यक व्यवस्था नहुनु
१० . पृष्टपोषणको समस्या
(ग) शिक्षालयमा तेश्रोलिंगीले झेल्नु परेका बाधा व्यवधान तथा समस्याहरु ः
१. भर्नामा पहिचानको समस्या सुविधाबाट वञ्चित
२. पोशाकको व्यवस्था तेश्रोलिंगी मैत्री नभएको भावनामा चोट
३. बसाई व्यवस्थापन मैत्रीपूर्ण नभएको सिकाई उपलव्धीमा असर
४. शौचालय एवं भौतिक पूर्वाधार तेश्रोलिंगी प्रति अनादार
५. सामाजिकीकरणमा समस्या व्यक्तित्व विकासमा असर
६. पठ्यपुस्तकमा सेक्स, जेण्डर सम्वन्धी परम्परागत बर्गिकरण एवं विवाह जस्ता संस्कारको अवैज्ञानिक परिभाषा
७. अतिरिक्त क्रियाकलापमा वेवास्ता
८. पहिचान पश्चात मानवीय व्यवहारमा कमी
९. सामाजिक एवं मानसिक भययुक्त हुने खतरा
१०. लैगिंक पहिचान एवं यौन अभिमुखीकरण जस्ता कार्यक्रम सञ्चालनमा कमी
११. आवास लगायत अन्य असुविधा
शिक्षक तथा प्राध्यपकहरुले समूहगत रुपमा विद्यालयमा समलिंगी तेश्रोलिंगी विद्यार्थीले भोग्नु पर्ने समस्याबारे बुँदागत रुपमा उल्लेख गरेका थिए । समलिंगी तेश्रोलिंगी विद्यार्थीको पहिचान नहुँदा एउटा विद्यालयले जेहेन्दार विद्यार्थी गुमाउने र यसले राष्ट्रलाई नै नोक्सान हुने नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूर्व सभासद् सुनिलवावु पन्तको भनाई छ । पन्तले समलिंगी तेश्रोलिंगी विद्यार्थीको संरक्षण गर्नु विद्यालयको पनि हितमा हुने बताए । समूहगत रुपमा आएका समस्या समाधानका लागि शिक्षक तथा प्राध्यापकहरुले समूहगत रुपमै समाधानका उपायहरु व्वुदाँगत रुपमा राखे ।
समलिंगी तेश्रोलिंगी माथि हुने विभेद अन्त्यका लागि गर्नु पर्ने पहल ः
(क) समाधानका उपायहरु
१. संस्थामा खुला रुपमा पहिचान खुल्नेगरी अभिलेख राख्ने
२. यो प्राकृतिक र सामान्य प्रक्रिया हो भन्ने अनुभुती गराउने
३. काउन्सिलिङको कार्यक्रम गर्ने
४. खुल्दा समस्या समाधान हुन्छ भन्ने विश्वास दिलाउने
५. विद्यालय तेश्रोलिंगी मैत्री बनाउने, भौतिक संरचना बनाउने
५. आत्म सम्मान पाउने वातावरण तयार गर्ने
६. उनीहरुका कुरा ध्यान दिएर सुन्ने र प्रोत्साहन दिने
७. क्षमताको पहिचान र प्रस्फुटनको मौका दिने
८. शैक्षिक सामग्री, विधि र अतिरिक्त क्रियाकलापमा उनीहरुको पहुँच पुर्याउने
९. धर्म संस्कृती र परम्परामा पनि समलिंगीको प्रयोग भएको सन्दर्भ दिई हौसला दिने
१०. यिनीहरुको समस्या सुन्ने संस्था नील हिरा समाज छ भन्ने जानकारी गराउने
११. पोशाकमा बन्देज नलगाउने
१२. बसाई व्यवस्थापनमा सहजीकरण गर्ने
१३. जनचेतना मुलक कार्यक्रम जस्तै सडक नाटक, प्ले कार्ड, गोष्ठी जस्ता कार्यक्रम उनीहरुको पक्षमा संचालन गर्ने
१४. सहपाठी शिक्षक क्रियाकलाप गर्ने
१५. कुनै पनि मानिसलाई उसको फरक स्वभावको कारणबाट भेदभाव गर्दा कानुनी सजाँयको भागीदार हुनु पर्दछ भन्ने संवैधानिक व्यवस्था खुलाउने
(ख) तेश्रोलिंगीले सामना गरेका समस्याको समाधान
१. भर्ना प्रक्रियामा पहिचानको व्यवस्था गरी सहयोगी वातावरण बनाउने
२. एकै खालको पोशाकको व्यवस्था
३. मिश्रित बसाई व्यवस्थापन गराउने
४. शौचालय, आवास निर्माण गर्दा तेश्रोलिंगी मैत्री बनाउने
५. सकारात्मक सोच आउने गरी क्रियाकलापहरु आयोजना गर्ने
६. पाठ्यक्रम र पाठ्यपुस्तकमा तेश्रोलिंगीलाई सहयोग पुग्ने गरी विषयवस्तु समावेश गर्ने
७. रुची र क्षमताको ख्याल गरी अतिरिक्त क्रियाकलापहरु आयोजना गर्ने
८. पहिचान भएका तेश्रोलिंगीलाई उचित परामर्स दिने
९. लैगिंक पहिचान हुने खालका अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने
१०. मानवीय मुल्य मान्यतामा आधारित शिक्षा दिने
(ग) तेश्रोलिंगी विद्यार्थीका समस्या समाधानका उपायहरु
१. विद्यालय भर्नामा लिङ्ग पहिचान नभए तेश्रोलिंगीमा राख्न सकिन्छ
२. हाउ भाउ र पहिरन अनुसार बसाई व्यवस्थापन गर्ने
३. तेश्रोलिंगी अपवाद नभै प्राकृतिक वा स्वभाविक प्रक्रिया हो भन्नेबारे जानकारी गराउने
४. सामाजिक रुपमा सम्पूर्ण मानवजाति एकै हो भन्ने भावनाको विकास गर्ने
५. छुट्टै शौचालयको व्यवस्था गर्ने, एउटैमा सबै जाने व्यवस्था गर्ने
६. प्रत्येक अतिरिक्त क्रियाकलापमा उनीहरुको सहभागिताको सुनिश्चितता प्रदान गर्ने
७. त्यस्ता विद्यार्थीलाई छुट्टै छात्रवृत्तिको व्यवस्था गर्ने
८. प्रमाणपत्रमा लिङ्ग झल्काउने, शव्द प्रयोग गर्ने
९. घर, परिवार, समाज, विद्यालय, परिवारबाट हौसला र प्रेरणा एवं पृष्ठपोषण प्रदान गर्ने
१० ंनीति गत व्यवस्था गर्ने
११. विद्यालयमा तेश्रोलिंगी वातावरण बनाउने
१२ तेश्रोलिंगीको बारेमा विद्यालयका सरोकारवालाहरु पूर्ण रुपमा सकारात्मक जानकार हुनुपर्ने,
१३. तेश्रोलिंगी विद्यार्थीलाई विद्यालयमा स सम्मान स्वीकार गर्नुपर्ने
१४. शिक्षण क्रियाकलापमा समूह विभाजन गर्दा लिङ्गिय विभेद नगरी संख्यात्मक हिसावमा राख्नु पर्ने
१५. नील हिरा समाज जस्ता काउन्सिलिङ संस्थाको समय समयमा विद्यालयमा उपस्थित हुनुपर्ने
१६. क्षमता उजागार गर्न मौका प्रदान गर्ने
प्रशिक्षक टोली गठन
प्रशिक्षकको प्रशिक्षण कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रका शिक्षक तथा प्राध्याकलाई समलिंगी तेश्रोलिंगीमाथि विद्यालयमा हुने विभेद अन्त्य गर्न ६ वटा समूह परिचालन हुने भएको छ । टोलीले एक महिना भित्र शिक्षक, शिक्षिका तथा प्राध्यापकहरुलाई विद्यालयमा समलिंगी तेश्रोलिंगी माथि हुने विभेद अन्त्य गर्न चेतना जगाउन तालिम संचालन गर्नेछ । नील हिरा समाजको सहयोगमा नौलो विहानीले ६ वटा टोलीको व्यवस्थापन गर्नेछ ।

तालिम अघि पछिको मूल्यांकन

समलिंगि तेस्रोलिंगिका वारेमा पहिला सन्नु भएको छ?

कुनै  समलिंगि वा तेस्रोलिंगि व्यक्तिलाइ भेट्नु भएको छ?

तपाइको परिवार वा सम्वन्धीमा कोहि समलिंगि तेस्रोलिंगि छन्?

समलिंगि तेस्रोलिंगिलाइ उसको पहिरन, प्रस्तुति वा हाउभाउ हेरेर चिन्न सकिन्छ?

समलिंगि तेस्रोलिंगिकावारेमा तपाइको वुझाइ के छ?

समलिंगि तेस्रोलिंगिका वारेमा कुरा गर्न सहज वा असहज के लाग्छ?

कोही किन विपरितलिंगि वा समलिंगि वा तेस्रोलिंगि हुन्छ वा वन्छ?

तापाइको अध्यापन संस्थामा समलिंगि तेस्रोलिंगि विधार्थि, शीक्षक वा कर्मचारि छन्?

समलिंगि तेस्रोलिंगि विधार्थिले विधालय वा क्यामपसमा पड्न पाउनु पर्छ वा पर्दैन?

समलिंगि तेस्रोलिंगि विधार्थिलाइ विपरितलिंगि विधार्थि सरह समान व्यबहार गर्नु पर्छ वा उनिहरुलाइ समलिंगि तेस्रोलिंगि भएकोमा कारवाहि गर्नु पर्छ?

तपाइको विचारमा समलिंगि तेस्रोलिंगि विधार्थि स्कूल वा कलेजका लागि खतरा हुन सक्छन वा सक्दैनन् र किन?

नाम:                                                  मिति:

ठेगान:

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading