निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संविधान सभामा प्रतिनिधित्व सुनिश्चित नभए आमरन अनसन बस्ने अल्पसंख्यक समूदायको चेतावनी

संविधान सभामा प्रतिनिधित्व सुनिश्चित नभए आमरन अनसन बस्ने अल्पसंख्यक समूदायको चेतावनी

460
SHARES

काठमाडौं ( पहिचान ) माघ २०- नील हिरा समाज र राष्ट्रिय अपाङग महासंघ नेपालले संविधान सभामा अल्पसंख्यक समूदायको अनिवार्य प्रतिनिधित्वका लागि दवाव दिन संयुक्त आन्दोलन शुरु गरेका छन् । समलिंगी तेश्रोलिंगी यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार प्राप्तीको अभियान चलाउँदै आएको समाज र अपाङ्गगता भएको व्यक्तीको हक अधिकारबारे आवाज उठाउँदै आएको महासंघले दवाव मुलक संयुक्त आन्दोलन शुरु गरेका हुन् । पहिलो संविधान सभामा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको प्रतिनिधित्व सुनिलवावु पन्तले गरेका थिए । तर दोश्रो संविधान सभामा एक जनाको पनि प्रतिनिधित्व नभएकाले अल्पसंख्यक समूदाय आन्दोलित भएका हुन् ।

माघ २० गते काठमाडौंको भृकुटीमण्डपबाट संयूक्त सिठी जुलुस निकालेर दुवै संस्थाले संविधान सभामा प्रतिनिधित्व सुनिश्चित नभए आमरण अनसन सम्म बस्ने चेतावनी दिएका छन् । नील हिरा समाजले संविधान सभामा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा कम्तीमा ३ जना यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्यको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै आएको छ भने राष्ट्रिय अपाङग महासंघले चार जना अपाङ्गता भएका व्यक्तीको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ ।???????????????????????????????

संविधान सभामा प्रतिनिधित्व नभए आफूहरुको अधिकार नलेखिने भन्दै संयुक्त आन्दोलन शुरु गरेको यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको विद्यार्थी मञ्चका अध्यक्ष भक्ती शाहले जानकारी दिए । अव छुट्टा छुट्टै होइन संयुक्त आन्दोलन शुरु भयो शाहले भने ः हाम्रो समूदायको संविधान सभामा अनिवार्य प्रतिनिधित्व नभएसम्म धर्ना, अनसन बस्छौ । शाहले राजनीतिक दलहरुले आश्वासन मात्रै दिएको तर प्रतिनिधित्व गराउने विषयमा अहिले सम्म कुनै सुनुवाई नभएकाले बाध्य भएर सडकमा जानु परेको बताए । अध्यक्ष शाहले माघ २२ गते धर्नामा बस्ने जानकारी दिए ।???????????????????????????????

र्याली शुरु हुनुअघि भृकुटीमण्डपमा राष्ट्रिय अपाङग महासंघ नेपालका अध्यक्ष सुर्दसन सुवेदीले संविधान सभामा अल्पसंख्यक समूदायको प्रतिनिधित्व सुनिश्तिच हुनु पर्ने नभए आमरन अनसन बस्ने चेतावनी दिए ।

समाचार शेयर गर्नुहोस्
460
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.