संविधानसभामा प्रतिनिधित्व सुनिश्चित नगरेसम्म धर्ना जारी रहने

संविधानसभामा प्रतिनिधित्व सुनिश्चित नगरेसम्म धर्ना जारी रहने

  • सोमबार, माघ २७ २०७०

काठमाडौं(पहिचान) माघ २७ -समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा प्रतिनिधित्व गराउनु पर्छ । उनीहरु पनि त यही देशका हामी जस्तै नागरिक हुन् । नेपालका ३७ औ, गणतन्त्र नेपालका छैठौ र नेपाली काँग्रेसबाट सातौ प्रधानमन्त्रीमा निर्वाचित नेपाली काँग्रेसका सभापति एवं संसदीय दलका नेता सुशील कोइरालाको निवासमा पुगेका धेरै आपसमा कुरा गर्दै थिए । त्यसो त कोइराला नेपालका अविवाहित प्रधानमन्त्री हुनेमा दोश्रोमा परेका छन् ।
यसअघि काँग्रेसका संस्थापक एवं सन्तनेता स्वर्गिय कृष्णप्रसाद भट्टराई अविवाहिक प्रधानमन्त्री हुने पहिलो नेता बनिसकेका छन् । सुशील कोइराला व्यवस्थापिका संसद बैठकमा जाने तयारीमा थिए भने उनलाई अग्रिम बधाई दिन नेता कार्यकर्ता एवं सुभेच्छुकको ठूलै भीड लागेको थियो । कोइरालाको निवास पुग्नेहरुमध्ये यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका सदस्य समलिंगी तेश्रोलिंगी आफ्नो एक सूत्रिय माग लेखिएको व्यानरमा गेट बाहिरै बस्यो भने अरु सबै गेट भित्र छिरे, गेट भित्र छिरेका मध्ये पनि केही कोइरालाको कोठासम्मै पुगे ।???????????????????????????????
प्रधानमन्त्रीमा निर्वाचित सुशील कोइरालालाई पटक पटक भेटेर संविधान सभामा आफ्नो समूदायको अनिवार्य प्रतिनिधित्व गराउन माग गर्दै आएका यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय गेट वाहिर शान्त भएर धर्नामा बसे । कोइरालालाई भेटन पुगेका र भेटेर फर्केका सबैले समलिंगी तेश्रोलिंगीको माग पढे । अनि आपसमा भने, संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व हुनुपर्ने माग जायज छ, प्रतिनिधित्व गराउनु पर्छ ।
संविधान लेख्नका लागि दोश्रो पटक भएको संविधान सभामा एक जना पनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व छैन । देशले एकवर्षपछि जननिर्वाचित सरकार पाउने दिन समलिंगी तेश्रोलिंगी प्रधानमन्त्री बन्ने पक्का पक्की भएका कोइरालाको निवासमा धर्ना दिन पुगे र दलहरुको सिफारिसमा मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ जनामा अनिवार्य समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गराउन माग गरे ।???????????????????????????????
कोइराला निवास पुगेका अरुले व्यक्तिगत रुपमा सभासद्मा मनोनित गर्न भनेपनि समलिंगी तेश्रोलिंगीले संस्थागत रुपमा आफ्नो समूदायको अनिवार्य प्रतिनिधित्व गराउन माग गरे । प्रधानमन्त्रीमा निर्वाचित हुने दिन कोइरालाको निवासमा अरु दिनको भन्दा धेरै नेता कार्यकर्ता एवं सुभेच्छुक पुगेका थिए । समलिंगी तेश्रोलिंगी आफ्ना माग मात्रै राख्न गएका थिएनन्, उनीहरुले आफूहरुको आर्शिवादले कोइराला प्रधानमन्त्रीमा निर्वाचित हुने पनि वताइरहेका थिए ।
नील हिरा समाजका क्षेत्रिय कार्यक्रम संयोजक एवं यौनिक तथा लैगिंक अल्पसख्यकहरु विद्यार्थी मञ्चका अध्यक्ष भक्ती शाह हाम्रो त आर्शिवाद लाग्छ, कोइराला प्रधानमन्त्रीमा निर्वाचित हुने बताउँदै थिए भने, नेपालमै पहिलो पटक तेश्रोलिंगी उल्लेख गरेर पहिचान अनुसारको नागरिकता लिएका विष्णु अधिकारी मन्त्रीपरिषद्ले संविधान सभामा मनोनित गर्ने २६ जनामा हाम्रो समूदायको प्रतिनिधित्व गराउन कोइरालाले महत्वपूर्ण भूमिका खुल्ने बताउँदै थिए ।
समलिंगी तेश्रोलिंगी धर्नामै बसिरहेको समयमा कोइराला बा ५ च ७३८८ नम्वरको गाडिमा निस्के । कोइरालाई धर्नामा बसेका समलिंगी तेश्रोलिंगीले एकै स्वरमा भने ः तपाईलाई बधाई र शुभकामना, अव हाम्रो समूदायलाई संविधान सभामा प्रतिनिधित्व गराउनुहोस् । अर्को बधाई र शुभकामना दिन आउँछौ । कोइरालाले गाडिबाटै मुस्काराउँदै हात हल्लाए, पछिल्लो गाडिमा रहेका उपसभापति रामचन्द्र पौडेलले हो प्रतिनिधित्व गराउन पहल गर्छु भने ।???????????????????????????????
संविधान सभामा प्रतिनिधित्व गराउने नगराउने प्रधानमन्त्री कोइरालाकै हातमा छ । उनको मनले संविधानसभालाई समावेशी बनाउन समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व हुनु पर्छ भन्ने लागेर दलहरुको बैठक र मन्त्रीपरिषद्मा प्रस्ताव गरेको कसैले पनि विरोध नगर्ने समलिंगी तेश्रोलिंगीको मातृ संस्था नील हिरा समाजको विश्वास छ । तर विश्वास धेरै लिएपनि अन्तिममा धोका पाइरहेकाले कोइराला जहाँ पुग्छन् त्यही धर्ना दिन जाने समलिंगी तेश्रोलिंगीले बताएका छन् ।
संविधान सभामा हाम्रो प्रतिनिधित्व सुनिश्चित नभएसम्म हामी धर्ना दिन छाड्दैनौ समलिंगी तेश्रोलिंगीले भने अहिल्लो संविधान सभामा हाम्रो समूदायका सुनिलवावु पन्त हुनुहुन्थ्यो र हामी ढुक्क थियौ, अव को छ भनेर ढुक्क हुने ? संविधान लेख्नका लागि पहिलो पटक भएको संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व नील हिरा समाजका संस्थापक, समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तले गरेका थिए ।???????????????????????????????
विघठित संविधान सभाको विषयगत समिति मौलिक हक अधिकार तथा निर्देशक सिद्धान्त समितिको सदस्य रहेका पन्तले पहिचान अनुसारको नागरिकता, रोजगारी, स्वास्थ्य र शिक्षामा समलिंगी तेश्रोलिंगीलाई विभेद गर्न नहुने अधिकार मस्यौदामा लेखाएका थिए । समलिंगी तेश्रोलिंगीको अधिकार मौलिक हक अधिकारकै रुपमा लेखिएको मस्यौदाले संविधानको रुप लिन सकेन । पहिलो संविधान सभा संविधान नै जारी नगरी भंग भएपछि समलिंगी तेश्रोलिंगी अहिले पनि अधिकार प्राप्तीको लडाईमा छन् । आफूहरुको अधिकार प्राप्तीको अभियान प्रधानमन्त्रीमा नर्वाचित कोइरालाले पुरा गर्ने सुनिश्चित नगरेसम्म धर्ना दिइरहने निष्कर्षमा समलिंगी तेश्रोलिंगी पुगेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.