आशा र भरोसाका केन्द्र प्रधानमन्त्री कोइराला

आशा र भरोसाका केन्द्र प्रधानमन्त्री कोइराला

  • मंगलबार, माघ २८ २०७०

काठमाडौं (पहिचान) माघ २८- हात मिलायौ, माग पत्र बुझायौ, बधाई र शुभकामना दियौ । नेपालका ३७ औ प्रधानमन्त्रीमा निर्वाचित काँग्रेस सभापति सुशील कोइरालालाई हाम्रो शुभकामना र बधाई दियौ, तेश्रोलिंगी संचारकर्मी विष्णु अधिकारीले जानकारी दिए  । संचारकर्मी  विष्णु नेपालमा तेश्रोलिंगी उल्लेख भएको  नागरिकता लिने पहिलो व्यक्ती हुन् । भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलताको नीति अपनाउने बताएका नवनिर्वाचित प्रधानमन्त्री कोइरालाले समलिंगी तेश्रोलिंगीले बुझाएको माग पत्र ग्रहण गरे ।मागपत्र बुझेका कोइरालाले कुनै प्रतिक्रिया भने दिएनन ।

नजिकै रहेका अनि माला लगाएका कोइरालाका सहयोगी लक्ष्मण ढकालले माग पूरा गर्न पहल हुन्छ भने । नील हिरा समाजका क्षेत्रिय कार्यक्रम संयोजक तेश्रोलिंगी भक्ती शाहले भने । दुई जना गेट भित्र छिरेर मागपत्र बुझायौ, हामीलाई कोइरालाका सहयोगी लक्ष्मण ढकालले व्यक्तिले भने ः यो माग पूरा गर्न हामी पहल गछौ ।IMAG0583
साच्चै यो देशमा रहेका यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार जसले बोल्यो उसैमा मात्रै सिमित होला होइन भने अधिकार विहिन भएर बस्नु पर्ने अवस्थाको अन्त्यका लागि कोइराला नेतृन्वको सरकार जुर्मराउने छ र भन्नेछ ः यो देशमा कोही पनि नागरिक अधिकार विहिन भएर बस्नु पर्ने गुनासो सुन्नु पर्दैन ।
समलिंगी तेश्रोलिंगीले संविधान सभामा आफ्नो समूदायको प्रतिनिधित्व सुनिश्चित नभएसम्म प्रधानमन्त्री सुशील कोइरालाको निवासमा धर्ना जारी राख्ने चेतावनी दिएका छन् । नवनिर्वाचित प्रधानमन्त्री कोइरालालाई भेटेर बधाई एवं सुभकामना सहित प्रतिनिधित्व सुनिश्चित नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका हुन् । संविधान सभामा प्रत्यक्ष र समानुपातिक तर्फबाट एक जना पनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व नभएको भन्दै नील हिरा समाजका क्षेत्रिय कार्यक्रम संयोजक भक्ती शाह र तेश्रोलिंगी मानवअधिकारकर्मी विष्णु अधिकारी नेतृत्वको टोलीले कोइरालालाई संविधान सभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरेको हो । दलहरुको सिफारिसमा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधितव हुनु पर्ने माग गरेको क्षेत्रिय कार्यक्रम संयोजक भक्ती शाहले जानकारी दिए । कोइरालालाई मागपत्र बुझाउँदै यौनिक तथा लैगिक अल्पसंख्यक समूदाय समलिंगी तेश्रोलिंगीले संविधानमा आफ्नो समूदायको अधिकार लेखिन प्रतिनिधित्व हुनैपर्नेमा जोड दिएका हुन् । समलिंगी तेश्रोलिंगीले हिजो सोमवारदेखि प्रधानमन्त्री कोइरालाको निवास महाराजगंजमा दुई घण्टा धर्ना दिदै आएका छन् ।
कोइरालालाई बुझाएको माग पत्र
सम्माननीय प्रधानमन्त्री श्री सुशील कोइराला ज्यू
देशले एक बर्षपछि जननिर्वाचित सरकार पाएको खुशीकोे यो क्षणमा हामी हाम्रो दुख र पीडापनि सँगै अन्त्य हुने बाटो खोज्दै यहाँलाई बधाई एवं शुभकामना दिन आएका छौ । आशा एवं विश्वास छ यहाँको नेतृत्वमा गठन हुने मन्त्रीपरिषदले हाम्रो माग सम्वोधन गर्नेछ । नेपाली नागरिकको अधिकार लेख्नका लागि २०६४ साल चैत २८ गते पहिलो पटक संविधान सभाको चुनाव भयो । चुनावपछि गठन भएको ६ सय १ सदस्यीय संविधान सभामा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिलवावु पन्तले गर्नुभएको यहाँलाई सबैलाई विदितै छ ।

पन्त सदस्य रहेको संविधान सभाको विषयगत समिति मौलिक हक अधिकार तथा निर्देशक सिद्धान्त समितिको मस्यौदामा अरु विषयमा विवाद भएपनि यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेश्रोलिंगीको अधिकार सर्वसम्मत लेखिएको थियो । संविधान सभाका सदस्यहरुले समलिंगी तेश्रोलिंगीलाई नजिकबाट चिन्ने अवसर समेत पाएका थिए । विडम्वना पहिलो संविधान सभा संविधान नै जारी नगरी भंग भयो । अव त हाम्रो अधिकार लेखिएको संविधान जारी हुने भयो भनेर खुशी हुने समय नआउँदै संविधान सभा भंग हुन पुगेकोमा हामीलाई धेरै दुख लाग्यो । फेरी २०७० साल मंसिरि ४ गते संविधान लेख्नका लागि दोश्रो संविधानसभाको चुनाव भयो । प्रत्यक्ष र समानुपातिकबाट चुनिएका ५ सय ७५ सदस्यमा हाम्रो समूदायबाट एक जनाको पनि प्रतिनिधित्व छैन ।

संविधान सभामा अव दलहरुको सिफारिसमा मन्त्रीपरिषद्ले २६ जना मनोनित गर्न बाँकी छ । संविधान सभालाई समावेशी बनाउन र संविधानमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको अधिकार लेख्न संविधान सभामा हाम्रो प्रतिनिधित्व अनिवार्य छ । घर, परिवार, समाज र राज्यबाट सधै अपहेलित भएर बस्नु पर्ने अवस्थाको अन्त्यका लागि संविधानमा हाम्रो अधिकार लेखिनुपर्छ । त्यसका लागि संविधान सभामा हाम्रो प्रतिनिधित्व हुनै पर्छ । संविधान सभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राप्रपा नेपाल, राप्रपा, मधेशबादी लगायतका दललाई ज्ञापनपत्र बुझायौ, भेट्यौ, आफ्ना माग राख्यौ तर कुनै सुनुवाई भएन । हाम्रो कुरा दलहरुले नसुनेपछि हामी बाध्य भएर सम्माननीय प्रधानमन्त्री ज्यूको निवासमा बधाई, शुभकामनासँगै धर्ना बसिरहेका छौ । संविधान सभामा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व नभएसम्म हामी धर्ना जारी राख्छौ ।
सम्पूर्ण यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय
एवं
नील हिरा समाज

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.