प्रधानमन्त्री कोइरालाको निवासमा समलिंगी तेश्रोलिंगीको धर्ना जारी

प्रधानमन्त्री कोइरालाको निवासमा समलिंगी तेश्रोलिंगीको धर्ना जारी

509
SHARES

काठमाडौं (पहिचान) माघ २९ यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेश्रोलिंगीले प्रधानमन्त्री निवासमा धर्ना जारी राखेका छन् । संविधान सभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्वको माग सहित समलिंगी तेश्रोलिंगीले प्रधानमन्त्री सुशील कोइरालाको निवासमा धर्ना जारी राखेका हुन् । संविधान सभामा दलहरुको सिफारिसमा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा आफ्नो समूदायको अनिवार्य प्रतिनिधित्व गराउन धर्ना दिएको नील हिरा समाजका क्षेत्रिय कार्याक्रम संयोजक भक्ती शाहले जानकारी दिए ।
प्रत्यक्ष र समानुपातिक तर्फबाट संविधान सभामा प्रतिनिधित्व गरेका ५ सय ७५ जनामा एक जना पनि समलिंगी तेश्रोलिंगी नपरेपछि बाध्य भएर धर्नामा बस्नु परेको शाहले बताए । अघिल्लो संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तले गरेका थिए । जसले पीडा भोगेको हुन्छ उसले मात्रै अधिकार लेख्ने बताउँदै तेश्रोलिंगी मानवअधिकारकर्मी विष्णु अधिकारीले कसैले पीडा सुनेको भरमा अधिकार लेखिदिन्छ भन्ने विश्वास नलागेको बताए । ???????????????????????????????
अधिकारीले संविधानमा अधिकार लेख्नका लागि आफ्नो समूदायको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरे । प्रतिनिधित्व सुनिश्चित नभएसम्म धर्ना लगायतका विरोधका कार्यक्रमा जारी राख्ने अधिकारीले बताए । समलिंगी तेश्रोलिंगीले प्रधानमन्त्री सुशील कोइरालाको निवासमा सोमवारदेखि दैनिक दुई घण्टा धर्ना दिदै आएका छन् ।
हिजो मंगलवार प्रधानमन्त्री कोइरालालाई भेटेर बधाई एवं शुभकामना सहित प्रतिनिधित्व सुनिश्चित नभएसम्म धर्नामा बस्ने जानकारी क्षेत्रिय कार्यक्रम संयोजक साह र तेश्रोलिंगी मानवअधिकारकर्मी अधिकारीले गराइसकेका छन् ।

समाचार शेयर गर्नुहोस्
509
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.