राष्ट्रिय परिचयपत्रमा आफ्नो पहिचान उल्लेख गर्न आग्रह

राष्ट्रिय परिचयपत्रमा आफ्नो पहिचान उल्लेख गर्न आग्रह

811
SHARES

काठमाडौं(पहिचान) फागुन ७ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अब बन्न लागेको राष्ट्रिय परिचयपत्रमा समलिंगी तेश्रोलिंगीको पहिचान उल्लेख गराउन सरकारको ध्यानाकर्षण गराएको छ । यौनिक तथा लैगिंक अल्पसंख्यकको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्वसभासद् सुनिलबाबु पन्तले प्रधानमन्त्री सुशील कोइरालालाई पत्र लेखेर राष्ट्रिय परिचय पत्रमा समलिंगी, तेश्रोलिंगी यौनिक तथा लैगिक अल्पसंख्यकलाई पहिचान अनुसारको परिचय सुनिश्चित गर्न आग्रह गर्नुभएको हो ।
सर्वोच्च अदालतले नागरिकता, राहदानीलगायत कुनै पनि कानुनी परिचयपत्रमा यौनिक तथा लैगिक अल्पसंख्यकको पहिचान सुनिश्चित गर्न आदेश जारी गरिसकेको बताउँदै पन्तले राष्ट्रिय परिचयपत्र बनाउन सहयोग गरिरहेको एसियाली विकास बैंक तथा अरु सहयोगीलाई पनि यौनिक तथा लैगिक पहिचान सुनिश्चितताका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

समाचार शेयर गर्नुहोस्
811
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.