निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संविधान सभामा समलिंगी तेश्रोलिंगीलाई मनोनयन गराउन पहल गर्नुपर्ने सुझाव

संविधान सभामा समलिंगी तेश्रोलिंगीलाई मनोनयन गराउन पहल गर्नुपर्ने सुझाव

508
SHARES

भक्तपुर (पहिचान) फागुन २१- संचारकर्मीले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीलाई संविधान सभामा पुग्न बिशेष पहल गर्न सुझाव दिएका छन् । नीलहीरा समाजले भक्तपुरमा गरेको पत्रकार सम्मेलनमा संचारकर्मीहरुले संविधानसभामा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जना भित्र कम्तीमा एक जनालाई सहभागी गराउने पहल गर्न सुझाव दिएका हुन् ।
संविधानमा अधिकार नलेखिए फेरी पनि यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय पछि पर्ने भन्दै अघिल्लो संविधानसभामा झै यसपटक पनि समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व हुनु पर्नेमा यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायको जोड छ । पत्रकार सम्मेलनमा तेश्रोलिंगी अधिकारकर्मीहरु भुमिका श्रेष्ठ, भक्ति शाह र सुशीला लामाले ठूला राजनीतिक दलहरुले बिभिन्न बाहानामा संबिधानसभाको चुनावमा प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवार नबनाएको भन्दै अब मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनाभित्र भने आफ्नो समुदायबाट कम्तीमा एक जना भएपनि समाबेश गर्ने माग गरे ।
राजनीतिक दलहरुको सिफारिसमा मन्त्रीपरिषदले मनोनित गर्ने २६ जनामा समलिंगी तेश्रोलिंगीको पनि प्रतिनिधित्व हुनेमा आफुहरु आशाबादी रहेको तेश्रोलिंगी अधिकारकर्मी श्रेष्ठले बताइन । विघठित संविधानसभाको मौलिक हक अधिकार तथा निर्देशक सिद्धान्त समितिले तयार पारेको मसौदामा समलिंगी तेश्रोलिंगीको अधिकार उल्लेख गरेको भन्दै अहिलेको संविधानसभाले त्यसैलाई आधार मानेर बांकी काम गरेको खण्डमा भने आफ्ना अधिकार संविधानमा लेखिने समलिंगी तेश्रोलिंगीको भनाई छ । विघठित संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिलवावु पन्तले गर्नु गरेका थिए ।

समाचार शेयर गर्नुहोस्
508
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.