निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संविधानसभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गराउन पहल गर्ने फुयाँलको प्रतिवद्धता

संविधानसभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गराउन पहल गर्ने फुयाँलको प्रतिवद्धता

580
SHARES

काठमाडौं (पहिचान) चैत ५- “झोलामा हात्ती अटाउन त मिल्दैन तर सुवाउदो खेलाउना चाँही छिराउन मिल्छ । समाजमा अहिलेसम्म छुटेका त्यस्ता हात्ती हैन खेलाउनालाई भने संविधानसभामा छिराउन सकिन्छ ।” संविधानसभा सदस्य तथा काठमाडौं एमाले जिल्ला सचिव रोमेश्वर फुयाँलले भने, “अझै पनि अपांग, समलिंगी तेश्रोलिंगी लगायतका केही समुदाय छुटेको देखेको छु । संविधानसभामा मैले संविधानबिद र परराष्ट्रबिद पनि छुटेको देखेको छु । उनीहरुलाई पनि मन्त्रीपरिषदले मनोनित गर्ने २६ जना भित्र मनोनित गर्ने प्रयास एमालेको रहनेछ ।”
“केही त्यस्तो क्षेत्र हुन्छ जहाकी संविधानसभामा नल्याउदा रंगीबिरगी फूलबारी जस्तो नदेखीयोस, जुनजुन फुल आबश्यक छ, जुन जुन बनस्पति आबश्यक छ, ती सबै बनस्पति जडेर एउटा सुन्दर फूलबारी जस्तो संबिधानसभा बनाउनु पर्छ ।” रेडियो कार्यक्रम पहिचानसँग कुरागर्दै फुयाँलले संविधानसभालाई उपलब्धि मुलक र परिणाममुखी बनाउन समाजका अधिकांस बर्गलाई समाबेश गर्नु पर्नेमा जोड दिए ।
उनले परराष्ट्रबिद तथा विज्ञहरुको पनि आबश्यकता देखिएको भन्दै त्यस्ता ब्यक्ति नै एमालेको प्राथमिकतामा पर्ने बताए । संविधानसभा सदस्य फुयाँलले यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीलाई पनि २६ जनाको मनोनयनमा पार्ने बिषयमा पनि बैठकमा कुरा उठाउने बताए । संविधानसभामा आफ्नो प्रतिनिधित्वको माग गर्दै आन्दोलन गर्ने कतिपय समुदायका ब्यक्ति आँफै त्यहा पुग्ने “क्राइटएरीया” बनाएर आँफै प्रतिनिधित्व गर्ने मनासयमा रहेको भन्दै त्यस्ता ब्यक्ति र समुदायलाई भने एमालेले आफ्नो प्राथमिकताको सूचीमा नपार्ने फुयाँलको भनाई छ । संविधानसभामा प्रतिनिधित्वका लागि समलिंगी तेश्रोलिंगीको मातृ संस्था नील हिरा समाजले निरन्तर दवाव दिदै आएको छ । अघिल्लो संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिलवावु पन्तले गरेका थिए । पन्त सदस्य रहेको मौलिक हक अधिकार तथा निर्देशक सिद्धान्त समितिको मस्यौदामा समलिंगी तेश्रोलिंगीको अधिकार लेखिएको थियो । पन्त अहिले नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेका छन् ।

समाचार शेयर गर्नुहोस्
580
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.