निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“संभव भएसम्म समलिंगी तेश्रोलिंगीलाई पनि संविधानसभामा पुरयाउनु पर्छ ।”

“संभव भएसम्म समलिंगी तेश्रोलिंगीलाई पनि संविधानसभामा पुरयाउनु पर्छ ।”

667
SHARES

काठमाडौं (पहिचान) चैत ५ -“आँफै त्यहाँ (संविधानसभामा) पुगेमात्र अधिकार लेखिन्छ भन्ने होइन । छ सय एक जनाले सबैको प्रतिनिधित्व गर्ने हो यसलाई बुझ्नु पर्छ ।” नेपाली काँग्रेस ललितपुर क्षेत्र नं. २ का संविधानसभा सदस्य चन्द्र महर्जनले रेडियो कार्यक्रम पहिचानमा कुरागर्दै भने,“सबैका अधिकार समेटिएको संविधान बनाउनु दलहरुको कर्तव्य हो, होइन भने जारी भएको भोलिपल्ट जल्ने संविधान बनाएर काम छैन ।”“प्रजातन्त्रमा सबैले अधिकार पाउनु पर्छ, तर सबै दुई करोड ७५ लाख नेपालीलाई संविधान सभामा पुरयाउन सकिदैन । यो कुरा सबैले बुझ्नु पर्छ । सम्भब भएसम्म अधिकार मागेर आन्दोलनमा होमिएका अपाङग, समलिंगी तेश्रोलिंगी सबैलाई संविधानसभामा पुरयाउन पर्छ ।” महर्जनले भने, “तर नम्बर एक दमै कम छ ।

सके आफै पुगौं नभए पनि छ सय एक जनाले सबैको अधिकार समाबेश भएको संविधान बनाउछन् भन्नेमा बिश्वास गरौं ।”संविधानसभा सदस्य महर्जनले आँफु ब्यक्तिगत रुपमा पनि समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियानमा सँगै रहेको भन्दै उनीहरुको अधिकार संविधानमै सुरक्षित गर्ने पक्षमा रहेको बताए ।

एक वर्षमा संविधान जारी गर्ने पक्षमा दलहरु रहेको बताएका महर्जनले संविधानसभा सदस्यको लोगो लुकाएर हिड्ने अवस्था नआओस भन्नेमा सचेत भएर सभासदहरु यसपटक सचेत रहेको स्पष्ट पारे ।
“विगतमा दलहरुबाट कमजोरी भएकै हो यसपटक त्यो दोहोरीदैन ।” महर्जनले भने,“अब पनि समयमै जनताले चाहेको समाबेशी संविधान दिन नसके हाम्रो पनि कुनै औचित्य रहदैन ।”

समाचार शेयर गर्नुहोस्
667
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.