समलिंगी तेश्रोलिंगीलाई मेत्ता शब्दको प्रयोग

समलिंगी तेश्रोलिंगीलाई मेत्ता शब्दको प्रयोग

  • शुक्रबार, चैत्र ७ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0010727832{main}( ).../index.php:0
20.0012730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.14217310560require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.14357339240include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं (पहिचान) चैत्र ७ -नेपालको लैंगिक पहिचान शब्द मेत्ता पाली र बौद्ध भाषा तथा परम्परासंग बलियोसंग जोडिएको छ । आज , सबै नेपाल भरि , समलिंगी तथा तेश्रोलिंगीलाई  प्रायजसो मेत्ता भनेर सम्बोधन गर्ने गरिन्छ । पछिल्लो केहि वर्ष देखि स्त्री स्वभाव बढि भएका व्यक्तिहरूलाई मेत्ती भन्न थालिएको छ । कुनै संज्ञाको अन्तमा इ प्रत्यय लगाएर त्यो संज्ञाको स्त्रिलिंगि रूप बन्‍छ । नेपाली व्याकरण अनुसार कयन शताब्दीदेखि नेपालको पूर्वी भागमा र पूर्वी भारतको नेपाली बोल्ने समुदायमाझमा पनि समलिंगी तेश्रोलिंगीलाई मेत्ता  शब्द प्रयोग गर्ने गरेको पाइन्छ ।

उदाहरणका लागि दार्जीलिङ र सिक्किममा नेपाली भाषामा मेत्ता वा मैत्री संस्कृत भनेको घनिष्ठ आत्मिक मिलन एउटै मानसिक तरंग मा, वा करुणा, मित्रता, उपकार , सौहार्द , असल इच्छा , दया र अरूको सहयोगमा सक्रिय चासो राख्नु, आदि हो । यो मेत्ता बौद्ध धर्मको थेरवाद परम्पराको दस पारमीताहरु मध्यको एक र चार ब्रम्ह विहारको पहिलो विहार पनि हो। यो कुनै उपादान वा आशक्ति बिनाको प्रेम पनि हो । किनकि, यो कुनै आशक्ति बिनाको प्रेम हो, मेत्ताूहरु बीचको सम्बन्ध, विपरीत लिङ्गी विवाह जस्तो नभइ, पारिवारिक सिमा र रितिरिवाजवाट स्वतन्त्र रहंदै आएको पाइन्छ ।

नेपालको ग्रामीण क्षेत्रमा, मित लाउनेु परम्परा शाब्दिक अर्थ दुई पुरुषबीच घनिष्ट आत्मिक संबन्ध र मित्रताको गठन हो, साथै दुइ महिला वीच यही कारणका लागि मितिनी लाउने भनिन्छ । आम तौरमा पाइएता पनि कानुनी विवाहको विश्वव्यापी प्रभावले आजको व्यापार उन्मुख संसारमा यो ुनिःस्वार्थ सम्बन्ध मित लाउने परम्परा कम हुदै गएको पाइन्छ। मित लाउने यस्तै परम्परा भारतमा पनि सर्वत्र पाइन्छ। मित लाउने परम्परालाई अनुष्ठानका रुपमा र पर्वका रुपमा समेत पुजाआजा सहित मनाउने गरिदै आएको छ। मेत्ता सम्बन्ध वा मित र मितिनि सम्वन्धको कुनै कानुनी मान्यता भने आज सम्म छैन। कसरी मेत्ता सम्बन्धु, जो दुइ समान लिंग भएका ब्यक्तिबीच आफ्नो राजि खुसिले यो मित सम्बन्ध राखेका हुन्छन् ।

नकि विपरित लिंगि विबाह जस्तो जस्मा परिवार वा पण्डितले सम्बन्ध जोडिदिएका हुन्छन्, । यो मेत्ता सम्बन्धमा कसरी प्रभाव पार्छ र यो सम्बन्ध कुन रुपमा दुइजानको व्यबाहारमा उजागर हुन्छ भन्ने वारे कुनै सिमा छैन, तर यो सम्बन्धलाई यौनिकताको साँघुरो चस्माले मात्र हेर्नु भने हुँदैन । दक्षिण एशियामा लैंगिक भूमिका , लैंगिक अभिव्यक्ति र लैंगिक पहिचान साथै लैंगिक दृष्टिकोणले संबन्धहरुलाई राम्ररी बुझ्ने र स्वीकार गर्ने गरेको पाइन्छ । नाकि यौनिकता वा यौनिक पहिचानका आधारमा। बौद्ध मार्गिहरुमा मेत्ता भावनाको विकास गर्ने ध्यान निकै लोकप्रिय छ ।

तिब्बती बौद्ध परम्परामा, मेत्ता भावना विकास गर्ने ध्यान अभ्यासलाइ तोंगलेनु भनिन्छ । जस्मा स्वास वाहिर फाल्दा आफ्ना असल कर्म द्वारा प्राप्त सबै सुख सवै प्राणिलाई समर्पित गरेको भावना गर्ने र स्वास लिंदा अरूको दुख पनि आफुले लिने भावना गरिन्छ । हिन्दू र बुद्ध धर्म मान्नेहरू चार ब्रम्हविहारको चिन्तन अभ्यास गर्ने गर्दछन् जस् मध्ये एउटा मेत्ता भावना हो , र संस्कृत भाषामा मैत्री भावना भनिन्छ ।
धेरै पश्चिमा राष्ट्रका मानिस यस्ता शव्दहरु र यस्ता मानिसलाई एक नयाँ अवधारणा वा अप्राकृतिक रूपमा हेर्न पनि सक्छन्, तर दक्षिण एसियामा प्राचीन इतिहास देखि नै रहंदै आएको छ । यी सम्बन्धको स्वीकार, अभ्यास र यस्ता सम्बन्धमा मानिस वांचेका मात्र छैनन्, वरू पूर्वीय दर्शन मार्फत यस्ता सम्बन्धहरुको उद्देश्य र अर्थ आध्यात्मिक अन्तिम सत्यको खोजिमा लाने महान् उपाय समेत वनेका छन्। यो समाग्रि आफूमा मेत्ता भावना विकास गरी प्रयोग वा प्रसारित गर्न सकिने छ।
साभार ः सुनिलवावु पन्तबाट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading