निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सगरमाथा आरोहण गर्ने तेश्रोलिंगी मोनिकाको घोषणा, आरोहण शुल्क मिनाह गर्न माग

सगरमाथा आरोहण गर्ने तेश्रोलिंगी मोनिकाको घोषणा, आरोहण शुल्क मिनाह गर्न माग

624
SHARES

काठमाडौं (पहिचान) चैत ११ -तेस्रोलिंगी मनोज शाही मोनिकाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गरेकी छन् । अहिलेम्म विश्वबाट कोही पनि तेस्रोलिंगीले सगरमाथा नचडेको भन्दै तेस्रोलिंगी मोनिकाले आफँुले सगरमाथा आहोरहण गरेर नेपालको नाम विश्वमै चिनाउने बताइन । नील हिरा समाजले रिपार्टस क्लव काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा मोनिकाले भनिन“मेरो एतिहासिक मिसनले मलाई मात्र होइन विश्वलाई नै चिनाउने छ । म नेपालको सँगै नील हिरा समाजको झण्डा पनि सगरमाथाको चुचुरोमा फहराएर गिनिज बुकमा आफ्नो नाम लखाउने छु ।”

तेस्रोलिंगी मनोज शाही मोनिकाले यसका लागि आफू मानशिक तथा शारिरिक रुपमा तयार भएकाले राज्यले आरोहण शुल्क मिनाहा गर्नु पर्ने माग गरिन । पत्रकार सम्मेलनमा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले समलिंगी तेस्रोलिंगीले पनि देशको नाम उचो राख्न सक्ने भन्दै मोनिकाको सगराथा चढ्ने चाहानालाई सफल पार्न सरकारले आरोहण शुल्क मिनाह गर्नेमा आँफु आशाबादी रहेको बताइन । “मलाई अझै पनि त्यो दुखको क्षण, ती दृश्यहरु मेरो मानषपटलमा घुमिरहन्छ हामी हरेक गोधुली साँझमा रत्नपार्कमा भेला हुन्थ्यौ ।” विगत कोट्याँउदै अध्यक्ष गुरुङले भनिन “तर, त्यो बेला नील हिरा समाज थिएन । ???????????????????????????????

अहिले हाम्रो अधिकारका लागि काम गर्ने संस्था छ । हामी सडकदेखी सदन सम्म छौं । हाम्रा अधिकार क्रमश ः सुनिश्चित हुदैछन् ।” अध्यक्ष गुरुङले नील हिरा समाजका संस्थापक सुनिलवावु पन्त विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कारको मनोनयनमा पर्नुभएकोमा नेपाल र नेपाली सबैका लागि गौरवको विषय भएको बताइन । रत्नपार्कबाट शुरु भएको अधिकार प्राप्तीको अभियान विश्व प्रसिद्ध नोवेल पुरस्कारको मनोनयनमा समेत परेको छ गुरुङले भनिन, अव घर, परिवार, समाज र राज्यले स्वीकार्नु हाम्रो लागि खुशीको कुरा हो ।

समाजका कानुनी सल्हाकार प्रेमबहादुर थापाले समलिंगी तेस्रोलिंगीले कानुनी अधिकार बिस्तारै पाउँदै गएको भन्दै अन्य उल्लेखर गरेर नागरिकता दिने सर्वोच्च अदालतको आदेश, एक्स उल्लेख गरेर पासपोर्ट दिने राज्यको तयारी समलिंगी तेस्रोलिंगीको अधिकार क्षेत्रमा कोषे ढुङ्गा भएको बताए । थापाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तीको लडाइमा सबैको साथ र सहयोगको आबश्यकता रहेको बताए ।

तेस्रोलिंगी पुरुष विष्णु अधिकारीले नील हिरा समाजका संस्थापक अध्यक्ष सुनिलबाबु पन्त नोवेल शान्ति पुरष्कारका लागि मनोनयनमा पर्नु आँफैमा गौरबको बिषय भएको भन्दै पन्त समग्र नेपालकै लागि इज्जत भएको बताए । “हामी भाग्यमानी छौं, किनकी हामी नेपालमा जन्म्यौं । नेपालमा जन्मिएकै कारण हामी समलिंगी तेस्रोलिंगीहरु सानका साथ हिड्न सकिरहेका छौं ।” अधिकारीले भने, “मैले त त्यस्ता देशको भ्रमण गर्न पाएको छैन । तर, त्यस्ता देश पनि छन् रे जहाँ समलिंगी तेस्रोलिंगीलाई विना कारण मारिन्छ रे । उसको पहिचानकै आधारमा मृत्युदण्ड दिइन्छ रे ।”

समाचार शेयर गर्नुहोस्
624
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.