हामीले भन्यौ तर सुनुवाई भएन, के यो कमजोरी हो ?

हामीले भन्यौ तर सुनुवाई भएन, के यो कमजोरी हो ?

  • बुधबार, चैत्र १९ २०७०

काठमाडौं (पहिचान) चैत १९ -यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीको तथ्याङक संकलन गरेर सार्वजनिक गर्न केन्द्रीय तथ्याङक विभागले आलटाल गरेकोमा चासो व्यक्त गरिएको छ । २०६८ सालमा भएको जनगणनामा समलिंगी तेश्रोलिंगीको तथ्याङक संकलन गरेको विभागले अहिले सम्म तथ्याङक सार्वजनिक नगरेकोमा समलिंगी तेश्रोलिंगी एवं सरोकारवालाले चासो एवं चिन्ता व्यक्त गरेका हुन् । नील हिरा समाजले काठमाडौंमा गरेको कार्यक्रममा सहभागीले महिला पुरुषको तथ्याङक सार्वजनिक गर्ने तथ्याङक विभागले समलिंगी तेश्रोलिंगीको तथ्याङक सार्वजनिक गर्न ढिला गर्नु दुखको कुरा भएको बताए ।

२०६८ सालको जनगणनामा समलिंगी तेश्रोलिंगीको तथ्याङक संकलन गर्न नील हिरा समाजले केन्द्रीय तथ्याङक विभागलाई आग्रह गरेको थियो । समाजको आग्रह अनुसार तथ्याङक संकलन गरेको बताउने विभागले अहिलेसम्म तथ्याङक सार्वजनिक नगर्दा विभागकै विश्वसनियता माथि प्रश्न उठ्ने नील हिरा समाजका क्षेत्रिय कार्यक्रम संयोजक भक्ती शाहले बताए । हामीले भन्यौ तर सुनुवाई भएन, के यो हाम्रो कमजोरी हो ?

पहिचान अनलाइनसँग कुरा गर्दै शाहले भने, यस्ता कुरा गरेर कमजोर बनाउने षडयन्त्र जहातही हुँदो रहेछ । “राष्ट्रिय योजना आयोग लगायतका राष्ट्रिय निकायलाई यौनिक तथा लैगिक समुदायको वृत्तिविकासका लागि उनीहरुको कति जनसंख्या छ भन्ने यथार्थ तथ्याङ्क चाहिन्छ ।” समलिंगी तेश्रोेलिंगी समुदायको अधिकार प्राप्तिको अभियान चलाउदै आएको संस्था नील हिरा समाजले गरेको कार्यक्रमका सहभागी रत्नराज्य लक्ष्मी क्याम्पसका प्राध्यापक तेजप्रसाद अधिकारीले भने, “यो समुदायको बास्तविक तथ्याङक कति छ पहिले पहिचान हुनु पर्यो अनि मात्र राज्यका हरेक तहमा प्रतिनिधित्वको अधिकार खोज्न पनि सजिलो हुन्छ ।” nilhira samaj final
पुलिस फोर्स लगायतका राज्यका हरेक निकायमा यो समुदायको संख्या धेरै रहेको भन्दै अझै खुल्न भने नसकेको उनको भनाई थियो । कार्यक्रममा आरआर क्याम्पस नेविसंघ इकाई समिति उपाध्यक्ष शैलेन्द्र गौणेलले नेपालमा समलिंगी तेस्रोलिंगी समुदायलाई हेर्ने दृष्टिकोण दक्षिण एसियाली राष्ट्रमध्ये सबैभन्दा राम्रो रहेको भन्दै अधिकार प्राप्तिको अभियानलाई अझै सशक्त बनाउन नील हिरा समाजलाई सुझाव दिए । गौणेलले नेविसंघले आफ्नो विधानमै समलिंगी तेस्रोलिंगीलाई आरक्षण छुट्याएको भन्दै यसले अन्य विद्यार्थी संगठनलाई पनि यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायलाई आरक्षणको ब्यबस्था गर्न नैतिक दबाब श्रृजना गर्ने बिचार ब्यक्त गरे ।
राजधानी दैनिकका पत्रकार भिम गौतमले यौनिक तथा लैगिंक अल्पसंख्यकका मुद्धालाई नेपाली संचार माध्यमले उचित स्थान दिन नसकेको बताए । गीतको तुलनामा अहिले केही स्थान पाउन थालेपनि त्यो सन्तोषजनक भने नरहेको उनको भनाई छ । पत्रकार गौतमले समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तिको अभियानमा सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्नेमा जोड दिए । nilahira
कार्यक्रममा समलिंगी तेस्रोलिंगीको अधिकारका लागि वकालत गर्दै आएका अधिकारकर्मीहरु भुमिका श्रेष्ठ, दुर्गा थापा र भक्ति शाहले पौराणीक कालखण्डमा यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको अस्तित्व स्वीकार गरिए पनि अहिले आएर उपेक्षा गर्नु आश्चर्यजनक भएको टिप्पणी गरे ।
महाभारतका प्रमुख पात्रहरु अर्ध नारेश्वर शिब देखी शिखण्डीसम्मका भगवानहरु समेत यही समुदायभित्र पर्ने पौराणीक धर्म ग्रन्थहरुमा उल्लेख भएको भन्दै अधिकारकर्मीहरु श्रेष्ठ, थापा र शाहले भने, “एकाइसौं सताब्दिको सभ्यसमाजले गैर मानवका रुपमा हेर्नु र अधिकारबाट समेत बञ्चित गर्न खोज्नु समलिंगी तथा तेस्रोलिंगीको मानवअधिकारको हनन् गर्नु हो ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.