तेश्रोलिंगीलाई सडकमा हिडडुल गर्दा प्रहरीबाट दुरव्यवहार

तेश्रोलिंगीलाई सडकमा हिडडुल गर्दा प्रहरीबाट दुरव्यवहार

  • शुक्रबार, चैत्र २१ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0015727832{main}( ).../index.php:0
20.0016730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.13797267176require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.13927332720include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

विष्णु अधिकारी /काठमाडौं (पहिचान) चैत २१ -आकाशबाट झरेका होइनौ, धर्तीबाट उत्पत्तीबाट भएका होइनौ, हामी पनि तिनै आमाका सन्तान हौ, जसले हामीलाई तेश्रोलिंगीको रुपमा जन्म दिए । तिनै आमाका सन्तान महिला र पुरुषले सडकमा स्वतन्त्र रुपमा हिडडुल गर्न पाउने हामीले हिड्न किन नपाउने ? यो प्रश्न तेश्रोलिंगी महिला यौनकर्मी मुस्कान, मोहिनी, क्रिसिला, एनी र अनुकाको मात्रै होइन् यो प्रश्न देशभरका तेश्रोलिंगी महिला यौनकर्मीले गर्दै आएका छन् । आमा बाबुको काखबाट फ्याकिएका हामीलाई किन राज्यको प्रहरी प्रशासनले अपराधीको रुपमा हेर्छ, तेश्रोलिंगी महिला यौनकमीले भने, के हामी मान्छे होइनौ ? सरकारले बाघ, हात्ती लगायत जनावर संरक्षण गर्न विशेष कार्यक्रम ल्याएको छ उनीहरुले भने, किन हामी यौनिक तथा लैगिंक अल्पसंख्यकलाई मानवको दर्जा दिन नसकेको ? भेट हुने ठाउँनै सार्वजिन ठाउँ हो तेश्रोलिंगी मोहिनीले भनिन, रक्षक भनिएका प्रहरीबाटै लुकेर हिड्नुपर्ने अवस्था कहिले सम्म हो ?
राष्ट्रिय मानवअधिकार आयोग र नील हिरा समाजले ललितपुरमा गरेको अन्तरक्रिया कार्यक्रममा तेश्रोलिंगी यौनकर्मी क्रिशिलालाई काठमाडौंको चावहिलमा दुई दिन अघि खुकुरी प्रहार भयो । भागेर ज्यान बचाउनु पर्र्यो । अर्की तेश्रोलिंगी यौनकर्मी एनीलाई आफू तेश्रोलिंगी हुनुनै समस्या हो भन्ने लाग्छ । काम गर्न दिइदैन, होटलमा भाडा माझेर आयो प्रहरीले हिड्न दिदैन के तेश्रोलिंगीले सडकमा हिड्न नपाउने हो ?
स्नातकोत्तर अध्ययन गर्दै गरेकी तेश्रोलिंगी यौनकर्मी अनुले यौन पेशा अपनाउनु आफूहरुको रहर नभएर बाध्यता भएको बताइन । महिला र पुरुषले रोजगारीका लागि सबै ठाउँमा प्रतिष्पर्धा गर्न पाउने, तर हामी तेश्रोलिंगीले कतै पनि जागिर नपाउने ? बाच्नका लागि के गर्ने हो ? विकल्प यौन पेशा भएको छ । आफू दोहोरी साँझ गएर घर फर्कदा प्रहरीले अपशब्द प्रयोग गरेकोमा दुख लागेको तेश्रोलिंगी अनुको भनाई छ । ???????????????????????????????
क्षमता अनुसार प्रतिष्पर्धा गर्न नपाउने समलिंगी तेश्रोलिंगीको समस्या समाधान गर्न राज्यले नीति नियम ऐन कानुन बनाउनु पर्ने र यसमा राष्ट्रिय मानवअधिकार आयोगले सहयोग गर्नुपर्ने नील हिरा समाजका कानुनी सल्लाहकार अधिवक्ता प्रेमवहादुर थापाले बताए । समाजकी कार्यवहाक कार्यकारी निर्देशक मनिषा ढकालले समलिंगी तेश्रोलिंगीको संस्था दर्ता गरेर संगठित आवाज उठाउन सुनिलवावु पन्तले गर्नु भएको योगदान कहिले विर्सन नसक्ने बताइन । बेलारुसमा कम्प्युटर इन्जिनियरको पढाई सकेर नेपाल आएपछि पन्तले समलिंगी तेश्रोलिंगीलाई संगठित गरेर संस्था दर्ता गर्न खोज्दा आफूहरु डराएको बताउँदै ढकालले अहिले त्यो समय नरहेको बताइन । समलिंगी तेश्रोलिंगी सडकमा देखे प्रहरीले व्ल्याकमेलिङ गथ्र्यो ढकालले भनिन, प्रहरीको त्यो दुरव्यवहार अहिलेपनि कायमै रहनु भने दुखद हो ।प्रहरीको दुरव्यवहार कायमै रहेपनि राजनीतिक दलहरुले आफूहरुको अधिकारको विषय घोषणापत्रमा राख्नु, पहिलो पटक संविधान सभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गर्दै सुनिलवावु पन्त पुग्नु, राष्ट्रिय युवा नीतिमा आफूहरुको विषय समावेश हुनु उपलव्धीनै रहेको ढकालको भनाई छ ।
राष्ट्रिय मानवअधिकार आयोगको यौनिक तथा लैगिंक अल्पसंख्यक डेक्सका सम्पर्क व्यक्ती बासुदेव बजगाईले समलिंगी तेश्रोलिंगीको पहिचान नहुनुनै समस्या भएको बताए । घर, परिवारबाट शुरु भएर राज्यबाटै समलिंगी तेश्रोलिंगीलाई तिरस्कार गर्नु, समलिंगी तेश्रोलिंगीलाई गलत ढंगले हेर्नु विडम्वना भएको बजगाईको भनाई छ । समलिंगी तेश्रोलिंगीलाई विभिन्न नामले बोलाएर दुरव्यवहार गर्नु कानुन विपरितको काम हुने बजगाईले बताए । ???????????????????????????????उनले समलिंगी तेश्रोलिंगीलाई बढी धरौटी माग्नु, छुट्टै तेश्रोलिंगी थुनुवा कक्ष नहुनु विभेद भएको बताए ।
सहारा आयोजनाकी कन्ट्री डाइरेक्टर दुर्गा थापाले समलिंगी तेश्रोलिंगी माथि हुने मानवअधिकारका घटना हुन नदिन चेतना जगाउने काम भइरहेको बताइन । नील हिरा समाजका प्रमूख कार्यक्रम संयोजक परसु राईले भुटान, अफगानिस्ता र माल्दिभ्समा अहिले पनि समलिंगी तेश्रोलिंगीलाई खुल्न नदिएको बताउँदै नेपालमा ती देशको तुलनामा नेपालमा समलिंगी तेश्रोलिंगी अधिकार प्राप्तीको अभियानमा अगाडि रहेको बताए । नील हिरा समाजको दिवा आयोजनाका सहायक कार्यक्रम संयोजक संजय शर्माले समलिंगी तेश्रोलिंगी माथि प्रहरीबाट हुने हैरानी अन्त्य गर्न मानवअधिकार आयोगले प्रहरी प्रशासन र नील हिरा समाजलाई सँगै राखेर अन्तरक्रिया कार्यक्रम गर्न सुझाव दिए ।
राष्ट्रिय मावअधिकार आयोगका कायम मुकायम सचिव बेदप्रसाद भट्टराईले मानवअधिकार हननका घटना हुन नदिन आयोग सचेत रहेको बताए । मानवअधिकार हनन्का घटना लिएर आयोगमा आए अनुशन्धान गरेर कारवाहीका लागि सिफारिस गर्ने भट्टराईको भनाई छ । उनले मानवअधिकार हननका घटना हुन नदिन गृहमन्त्रालयसँग समन्वय गरेर बैठक आयोजना गर्ने प्रतिवद्धता जनाए ।
नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले मानवअधिकार आयोगसँग आफूहरुको सधै सहकार्य हुँदै आएको बताउँदै समलिंगी तेश्रोलिंगी माथि मानवअधिकार हननका घटना अन्त्य गर्न अझै धेरै सहयोगको खाँचो रहेको बताइन । मानवअधिकार उल्लघंनका घटना बढेको र त्यसलाई अन्त्य गर्न सबैको सहयोग आवश्यक रहने गुरुङको भनाई छ । स्वतन्त्र रुपमा हिडडुल गर्न पाउने अधिकार सुनिश्चित गर्न गुरुङले माग गरिन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading