निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नील हिरा समाज र सगरमाथा टेलिभिजनबीच मिलापत्र

नील हिरा समाज र सगरमाथा टेलिभिजनबीच मिलापत्र

522
SHARES

काठमाडौं (पहिचान) चैत २४ -नील हिरा समाज र सगरमाथा टेलिभिजनबीच मिलापत्र भएको छ । सगरमाथा टेलिभिजन विरुद्ध गाली वेइजती मुद्धा दायर गरेको समाज र सगरमाथा टेलिभिजनबीच मिलापत्र भएको हो । नील हिरा समाज र सगरमाथाबीच अनावश्यक नकारात्मक हुने कुनै किसिमको कुनै पनि समाचार या कार्यक्रम प्रसारण नगर्ने सहमति भएको छ ।
यस्तै नील हिरा समाजका समाचार या सम्वन्धित विषयलाई विना कुनै पुर्वाग्रह प्रसारण गर्ने, भविष्यमा समाजको विषय या काम प्रति समाचार प्रसारण गर्दा प्रसारण योग्य विषय मात्रै प्रसारण गर्ने तथा नील हिरा समाजले पनि सगरमाथा टेलिभिजन प्रति कुनै पूर्वाग्रह नराखी अगामी दिनमा सहकार्य गर्न सकिने विषयमा आपसी समझदारी र सहकार्य गर्ने गरी सहमति भएको अधिवक्ता सुजन पन्तले जानकारी दिए। झण्डै एक बर्ष अगाडि सगरमाथा टेलिभिजन विरुद्ध नील हिरा समाजले दायर गरेको गाली वेइजती मुद्धा इजलासबाटै मिलापत्र भएर टुङ्गिएको अधिवक्ता पन्तले जानकारी दिए ।
सगरमाथा टेलिभिजनले प्रसारण भएको समाचार र कार्यक्रमका कारण नील हिरा समाजको झण्डै १० महिना जिल्ला प्रशासन कार्यालय काठमाडौंले नविकरण रोकेको थियो । समाचार र कार्यक्रममा प्रसारण भएका विषयमा प्रशासन कार्यालयले छानविन गर्दा कुनै समाचार र कार्यक्रममा उल्लेख भएका विषय गलत भएको प्रमाणित भएपछि प्रशासनले समाजको नविकरण गरेको थियो ।
समाजले समाचार र कार्यक्रम पूर्वाग्रह राखेर गलत नियतका कारण प्रसारण भएको भन्दै प्रेस काउन्सिलमा निवेदन दिएको थियो । प्रेस काउन्सिलले दुई पटक सगरमाथा टेलिभिजनलाई नील हिरा समाजको समाचार र कार्यक्रमबारे प्रष्टीकरण दिन पत्र काटेको थियो । गलत समाचारकै कारण समाजका संस्थापक, पूर्व सभासद् एवं  विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारको मनोनयनमा पर्नु भएका सुनिलवावु पन्त, नील हिरा समाजका सबै कर्मचारी र यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीबारे नकारात्मक सन्देश गएको थियो ।

समाचार शेयर गर्नुहोस्
522
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.