समलिंगी तेश्रोलिंगीमाथि राज्यको सौतेली व्यवहार अन्त्य गर्न माग

समलिंगी तेश्रोलिंगीमाथि राज्यको सौतेली व्यवहार अन्त्य गर्न माग

  • शनिबार, बैशाख ६ २०७१

काभ्रे (पहिचान) बैशाख ७- सन् २००१ भन्दा अगाडि समलिंगी तेश्रोलिंगीको जम्मा हुने ठाउँ काठमाडौंको रत्नपार्क हो । अहिले पनि धेरै समलिंगी तेश्रोलिंगी रत्नपार्कमै जम्मा हुने गर्छन । बेलारुसमा अध्ययन गरेर नेपाल फर्केपछि सुनिलवावु पन्तले रत्नपार्कमा रहेका आफुजस्तै समलिंगी तेश्रोलिंगीलाई संगठित गराएर नील हिरा समाज गठन गर्नु भएको हो । तेश्रोलिंगी मानवअधिकारकर्मी सुशीला लामाले भनिन् ः नील हिरा समाज स्थापनाको १४ बर्षको अवधीमा हामी निर्धक्क आफ्नो पहिचान भन्न सक्ने भएका छौ । तर पनि घर, परिवार, समाज र राज्यले मानव भएपछि महिला र पुरुषले पाउने मानवअधिकार हामी समलिंगी तेश्रोलिंगीलाई नदिदाँ सबैका लागि हाँसोको पात्र भएर बाच्नु परेको छ ।
नील हिरा समाजले यौनिक तथा लैगिंक अल्पसख्यक समूदायको अधिकार प्राप्तीको अभियानबारे काभ्रेको बनेपामा गरेको अन्तरक्रियामा तेश्रोलिंगी लामाले धेरै समलिंगी तेश्रोलिंगी अहिले पनि घर, परिवार र समाजबाट हुने विभेदका कारण आफ्नो पहिचान लुकाएर जवरजस्ती महिला या पुरुषकै पहिचानमा बाच्न बाध्य भइरहेका बताइन । नील हिरा समाजकी तालिम अधिकृत समेत रहेकी तेश्रोलिंगी मानवअधिकारकर्मी लामाले १४ बर्षको अवधीमा समलिंगी तेश्रोलिंगी माथि हुँदै आएको दुरव्यवहार र विभेद केही कम भएको बताइन ।
समलिंगी महिला, समलिंगी पुरुष, दुईलिंगी महिला पुरुष, तेश्रोलिंगी महिला पुरुष र अन्तरलिंगीलाई यौनिक तथा लैगिंक अल्पसंख्यक भन्ने गरेपनि कतिपयले नवुझेर र कतिपयले बुझ पचाएर अपशव्द प्रयोग गर्दा दुख लाग्ने गरेको तेश्रोलिंगी मानवअधिकारकर्मी लामाले बताइन । तेश्रोलिंगी ट्रान्सजेडरबारे पत्रकारको जिज्ञासामा नील हिरा समाजका प्रमूख प्रशासक एवं कार्यक्रम संयोजक परसुराम राइले महिलालाई पुरुष बनाउने र पुरुषलाई महिला बनाउने नभई तेश्रोलिंगी प्राकृतिक महिला पुरुष जस्तै हुने बताए ।
जन्मदा महिला भएपनि हुर्कदै बढ्दै जाँदा स्वभाव पुरुषको जस्तो हुनेलाई तेश्रोलिंगी पुरुष र जन्मदा पुरुष भएपनि हुर्कदै बढ्दै जाँदा महिला स्वाभाव हुनेलाई तेश्रोेलिंगी महिला भनेर बुझ्न आग्रह गरे । यो लिंगनै परिवर्तन हुने होइन राईले भने, भाउ, भाउ, स्वभाव मात्रै जन्मदा भन्दा फरक हुने हो । राईले आर्थिक अवस्था कमजोर भएका धेरै तेश्रोलिंगी आफ्नो अहिलेको हाउ भाउ अनुसार लिंगी परिवर्तन चाहे पनि त्यो नेपालमा सम्भव नभएको बताए ।
थाइल्याण्ड लगायतका देशमा जानु पर्छ, के त्यहाँ पुगेर आफ्नो व्यक्तीगत हाउभाउ अनुसार देखिएको पहिचान अनुसार लिंग परिवर्तन गर्न सकिन्छ ? राईले प्रश्न गरे, आफ्नो यौनिक तथा लैगिंक पहिचान अनुसार सबैले समान अधिकार सहित बाच्न पाउनु पर्छ । भारतमा लिंग परिवर्तन गरेर हिजडा बन्ने गरेका छन्, नेपालमा कलाकार सन्तोष पन्तका छोराले लिंग परिवर्तन गरेर महिला बनेका हामीले सुनेका छौ राइले भने, नाम चलेका व्यक्तीका छोरा छोरीलाई लिंगी परिवर्तन गरेर आउँदा सरकारले पहिचान दियो, तर प्राकृतिक रुपमा आफ्नो पहिचान अनुसार बाँचेका हामी समलिंगी तेश्रोलिंगीलाई राज्यले पहिचान दिन हिच्किचाइरहेको छ । तपाई आफै भन्नुहोस् हामीलाई राज्यले किन सौतेली व्यवहार गरिरहेको छ ? ???????????????????????????????
राईले महिला पुरुष जसरी आफ्नो पहिचान अनुसार विभेद र दुरव्यवहार विना बाचिरहेका छन्, त्यसरीनै समलिंगी तेश्रोलिंगी पनि बाँच्न चाहने बताए । राज्यलाई कर तिरेका समलिंगी तेश्रोलिंगी माथि किन विभेद ? तेश्रोलिंगी संचारकर्मी समेत रहेका विष्णु अधिकारीले प्रश्न गरे । अधिकारीले राज्यलाई कर तिर्ने महिला पुरुषले राज्यबाट प्राप्त हुने सबै अवसरमा प्रतिपष्र्धा गर्न पाउने खुल्ला हुने व्यवस्था हुने तर यही राज्यलाईलाई कर तिर्ने समलिंगी तेश्रोलिंगीले अवसर लिनका लागि प्रतिष्पर्धा गर्दा पहिचान लुकाउनु पर्ने दुख लाग्दो अवस्था अहिले पनि कायम रहेको बताए । उने भने, कस्तो विडम्वना के हामी मान्छे होइनौ र ।
काभ्रेका पत्रकारसँगको अन्तरक्रियामा नील हिरा समाजले मानवको रुपमा पाउने मानवअधिकार पाउनका लागि निरन्तर अधिकार प्राप्तीको अभियान चलाउँदै आएको जानकारी दियो । नील हिरा समाजले पहिचान अनुसारको नागरिकता पाउन सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चले २०६४ साल पुष ६ गते समलिंगी तेश्रोलिंगी प्राकृतिक हुन भन्दै पहिचान अनुसारको नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । त्यस्तै समलिंगी विवाहलाई मान्यता दिने नदिने विषयमा अध्ययन गर्न कार्यदल गठनका लागि सरकारलाई सर्वोच्चले आदेश दिएको थियो ।
सर्वोच्चको आदेशपछि कास्कीबाट विष्णु अधिकारी, म्याग्दीबाट दिलु बुर्दुजा र बाँकेबाट चन्दा मुसलमानले तेश्रोलिंगी उल्लेख भएको नागरिकताको प्रमाणपत्र पाएका थिए । सर्वोच्चको आदेशपछि समलिंगी विवाहलाई मान्यता दिने नदिने विषयमा सरकारले गठन गरेको सात सदस्यीय समितिले अहिले सम्म प्रतिवेदन नबुझाउँदा धेरै समलिंगी जोडी लुकीछिपी बस्न बाध्य भएको नील हिरा समाजले बताएको छ । नेपालमा कानुन बन्छन कार्यान्वयन हुँदैनन भनेको पछिल्लो उदाहरण नागरिकता दिन २०६९ साल पुष १६ गते गृहमन्त्रालयको परिपत्रलाई हेर्दा पुग्ने भयो नील हिरा समाजका प्रतिनिधिले पत्रकार सम्मेलनमा भने, तेश्रोलिंगी आनिक रानालाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गृहको परिपत्र अनुसार आफ्नो पहिचान खुलाएर नागरिकता दिनुहोस भन्दा प्रमूख जिल्ला अधिकारीले डाक्टरको प्रमाणपत्र मागे ।
नील हिरा समाजले डाक्टरको प्रमाणपत्र माग्ने प्रमूख जिल्ला अधिकार विरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ समाजका प्रतिनिधिले भने, एक जना जिल्लाको प्रमूखले त समलिंगी तेश्रोलिंगीलाई पहिचान अनुसारको नागरिकता दिन डाक्टरको प्रमाणपत्र माग्छ भने सामान्य महिला पुरुषले समलिंगी तेश्रोलिंगीलाई कसरी हेर्छन होला ? त्यसैले संचारमाध्यमले समलिंगी तेश्रोलिंगी पनि महिला पुरुष जस्तै नागरिक हुन, उनीहरुले पनि समान अधिकार अधिकार पाउनु पर्छ, उनीहरुमाथि हुने दुरव्यवहार र विभेद अन्त्य हुनु पर्छ भनेर जनचेतना जगाउने काममा सहयोग गर्न नील हिरा समाजले आग्रह गर्दै आएको तेश्रोलिंगी सुशीला लामा र विष्णु अधिकारले जानकारी दिए । ???????????????????????????????
पत्रकारसँगको अन्तरक्रियामा नील हिरा समाजको बनेपामा रहेको शाखा कार्यालयका प्रतिनिधिले धेरै समलिंगी तेश्रोलिंगी आफूहरुको सम्पर्कमा आएका तर समाजमा खुल्न डराइरहेको बताए । काभ्रेमा अहिलेसम्म ४ सय ११ जना समलिंगी तेश्रोलिंगी नील हिरा समाजको शाखा कार्यालयको सम्पर्कमा आएको शाखा कार्यालय काभ्रेले जानकारी दिएको छ । नील हिरा समाजले देशभर ४ देखि ५ लाखको हाराहारीमा समलिंगी तेश्रोलिंगी रहेका बताउँदै आएको छ ।
समाजले देशका ५३ वटा शहरमा शाखा कार्यालय रहेको र ७ सय ५० जना नियमित समलिंगी तेश्रोलिंगी कर्मचारी कार्यरत रहेको पनि जानकारी दिदै आएको छ । सरकारले बजेट विनियोजन गर्दैन दातृ निकायले दिने सहयोगमा समलिंगी तेश्रोलिंगी बाच्नु परेको छ नील हिरा समाजका प्रमूख प्रशासक एवं कार्यक्रम संयोजक परसु राईले भने, ६ बर्ष अगाडि सरकारले २५ लाख रुपैयाँ बजेट विनियोजन गर्दा अव त राज्यले सम्वोधन गर्यो भन्ने लागेको थियो तर त्यसपछि राज्यले एक रुपैयाँ पनि विनियोजन गरेको छैन ।
पत्रकारसँगको अन्तरक्रियामा संविधानसभा मार्फत बन्ने संविधानमा आफूहरुको अधिकार लेख्न र विभेदकारी कानुन खारेज गर्न संविधानसभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग नील हिरा समाजले गर्दै आएको जानकारी दिइयो । अघिल्लो संविधानसभामा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व गर्दै सुनिलवावु पन्त संविधानसभामा पुग्नु भएको थियो । उहाँले मौलिक हक अधिकार तथा निर्देशक सिद्धान्त समितिको मस्यौदा प्रतिवेदनमा समलिंगी तेश्रोलिंगीको अधिकार लेखाउनु भएको थियो, पत्रकार सम्मेलनमा नील हिरा समाजका प्र्रतिनिधिले भने, हुन त अहिलेको संविधानसभाले विघठित संविधानसभाले गरेका कामको स्वामित्व लिने भनेको छ तर विघठित संविधानसभाले गरेका काम अहिले संविधानसभा मार्फत बन्ने संविधान पर्छन पर्दैनन् शंका छ । त्यसैले अहिलेको संविधानसभामा समलिंगी तेश्रोलिंगीको अनिवार्य प्रतिनिधित्व हुनु पर्छ ।
नील हिरा समाजले पत्रकारसँगको अन्तरक्रियामा समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता एवं पूर्व सभासद् सुनिलवावु पन्त विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कारको मनोनयनमा पर्नु नेपाल र नेपालीका लागि गौरवको विषय भएको बतायो । सन् २०१४ का लागि नोबल शान्ति पुरस्कारको मनोनयनमा परेका २ सय ७८ जनामा नेपालबाट पन्तको नाम मनोनयनमा परेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.