समलिंगी बिबाहलाई मान्यता दिन सरकार सकारात्मक

समलिंगी बिबाहलाई मान्यता दिन सरकार सकारात्मक

  • मंगलबार, बैशाख ९ २०७१

काठमाडौं (पहिचान) बैशाख ९- यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेस्रोलिंगीको राष्ट्रिय सम्वाद कार्यक्रम सुरु भएको छ । २ दिनसम्म चल्ने संबाद कार्यक्रममा १४ बर्षदेखि समलिंगी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियान चलाउँदै आएको नील हिरा समाज सहित भरखरै दर्ता भएका संघ संस्थामा आवद्ध देशभरका यौनिक तथा लैगिंक अल्पसंख्यक समूदायका प्रतिनिधि सहभागी छन ।
यौनिक तथा लैगिंक अल्संख्यक समलिंगी तेस्रोलिंगीको मानवअधिकार, उनीहरुले भोगेका समस्या, शिक्षा, स्वास्थ्य, रोजगार, पारिवारिक सम्वन्ध, आमसंचार, समूदाय र राजनीति लगायतका विषय सरोकारवालालाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको नील हिरा समाजले जानकारी दिएको छ ।
कार्यक्रममा स्वास्थ्यमन्त्री खगराज अधिकारीले बहुसंख्यकले यौनिक अल्पसंख्यकको पीडा बुझ्न नसक्ने बताए । मन्त्री खगराज अधिकारीले समलिंगी बिबाहलाई मान्यता दिन आफु सकारात्मक रहेको बताए ।
समलिंगी बिबाहलाई मान्यता दिनेनदिने बारे अध्ययन गर्न बनेको अध्ययन समितिको प्रतिबदेन आएपछि त्यसलाई अध्ययन गरेर आफूले सकेसम्म समलिंगी तेस्रोलिंगी समुदायको अधिकार सुनिश्चत गर्ने मन्त्री अधिकारीको भनाई छ ।
मन्त्री अधिकारीले लिंगीय पहिचानकै आधारमा कसैलाई भेदभाब गर्न नपाईने बताए । आफ्नो पीडा स्वयम ब्यक्तिलाई मात्रै थाहा हुने भन्दै मन्त्री अधिकारीले भने, “जुत्ताभित्र पसेको सियोको घोचाईको पीडा त्यो ब्यक्तिलाई मात्रै हुन्छ जसको जुत्तामा सियो पसेको छ ।”
मन्त्री अधिकारी छोरी हुनुको पीडा छोरालाई थाहा नहुने बताउँदै भने “कोही रहरले समलिंगी तेस्रोलिंगी भएको हुदैन । यो त जन्मजात हुने हो ।” स्वास्थ्यमन्त्री अधिकारीले जन्मसिद्ध उनीहरुको पहिचानलाई समाजले स्वीकार्नु पर्नेमा जोड दिए ।
दुई दिने राष्ट्रिय सम्वाद कार्यक्रमका निर्णय सहितका सुझाव तथा समलिंगी बिबाहको मान्यता दिनेरनदिने बिषयको सुझाव प्रतिबेदनलाई कार्यान्वय गर्न सकारात्मक रहेको मन्त्री अधिकारीले बताए ।???????????????????????????????
मन्त्री अधिकारीले कतिपय समाजिक रुढीबाद तथा संस्कार भएका कारण कानुनको कार्यान्वय ब्यबाहारीक रुपमा हुन नसकेको बताए । आफ्नो अधिकार प्राप्तिको अभियानमा रहेका समलिंगी तेस्रोलिंगीलाई अझै सरोकारवाला निकायलाई दबाब दिन मन्त्री अधिकारीको सुझाव छ ।
कार्यक्रममा समलिंगी बिबाहबारे अध्ययन गर्न बनेको समितिका सदस्य सचिव कबिराज खनालले यही बैशाख महिनाभित्र समलिंगी बिबाहलाई मान्यता दिने÷नदिने बिषयको सुझाव प्रतिबेदन सरकारलाई बुझाउने जानकारी दिए ।
प्रतिबेदनको ९० प्रतिशत काम सकिएको भन्दै खनालले अब सुझाव र निष्कर्ष लेख्न मात्र बाँकी रहेको बताए । यौनिक तथा लैगिक अल्पसंख्यकका बिषय सरकारको प्राथमिकतामा नपरेका कारण प्रतिबेदन थन्किएको खनालको भनाई छ ।
सदस्य सचिव खनालले कक्षा ६, ७ र ८ को स्वास्थ्य तथा शारिरिक शिक्षामा यौनिक तथा लैगिक अल्पसंख्यकको बिषय उल्लेख गरिनु, अन्य उल्लेख गरेर नागरिकता पाउनु, एक्स उल्लेख गरेर राहदानी बितरण गर्ने तयारी हुनु सकारात्मर र राज्य उदार बन्दै गएको उदाहरण भएको बन्दै अब कानुनी भन्दा पनि ब्यबाहारीक कठिनाई बाँकी रहेको बताए ।
???????????????????????????????बेलायतमा यौनिक तथा लैगिक अल्पसंख्यकलाई छुट्टै अस्पतालको समेत ब्यबस्था रहेको स्मरण गर्दै खनालले नेपालमा पनि त्यस्तै अस्पताल र सौचालयको ब्यबस्था गर्न सकिए राम्रो हुने बताए । सहसचिव खनालले अन्य समुदायमा बिस्तारै एचआइभी संक्रमणको दर घट्ने क्रममा रहेको सरकारी तथ्याङक भएपनि समलिंगी तेस्रोलिंगीहरुमा भने यसको दर घट्न नसकेको बताए ।
खनालका अनुसार नया संक्रमणको दरमा ४७ प्रतिसत समलिंगी तेस्रोलिंगीमा एचआइभी संक्रमण भेटिएको छ । घट्नु पर्नेमा यो दर बड्दै जानु चिन्ता र सबैको सरोकारको बिषय भएको खनालको भनाई छ । समलिंगी तेश्रोलिंगीको समस्या समाधानका लागि छलफल सकारात्मक बनेको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन ।
समलिंगी तेस्रोलिंगीको मानवअधिकार, शिक्षा, स्वास्थ्य, रोजगार, संचारमाध्यममा पहुँच, संविधानमा समलिंगी तेस्रोलिंगीको विषय उल्लेख गराउन सामुहिक दवाव आवश्यक रहेको अध्यक्ष गुरुङले बताइन । राष्ट्रिय सम्वाद कार्यक्रम युनिसेफ, युएसएआइडी र युएनडिपीको सहयोगमा विइङ एलजिविटिआई इन एसियाले आयोजना गरेको हो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.