जसको सवाल उसको नेतृत्व

जसको सवाल उसको नेतृत्व

चितवन/इन्दिरा न्यौपाने (पहिचान) जेठ २७ -समलिंगी तेसोलिंगी हुँदानै विभेद भोग्नु पर्ने यो समाजमा त्यसमाथि एचआइभी संक्रमण हुदाँ पीडा थपिएको छ नील हिरा समाजको शाखा कार्यालय रेम्वो प्लस चितवनका राजु बरालले भने, यो पीडा अन्त्यका लागि स्वास्थ्य क्षेत्रबाट उपचार र सेवामा सहयोग हुनुपर्छ ।
रेम्बो प्लसको आयोजनामा एच.आई.भीको क्षेत्रमा काम गर्दैै आईरहेका विभिन्न संघ संस्थाहरुबीच चितवनमा भएको समन्वयात्मक कार्यक्रममा बरालले एचआइभी रोकथाम र लाञ्छना विभेद न्यूनिकरणमा सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताए । जिल्ला एड्स समन्वय समिति चितवनका कार्यक्रम संयोजक राम हरि न्यौपानेले एच.आई.भी को क्षेत्रमा गरिरहेको काम उपलव्धी मुलक रहेको बताए ।
न्यौपानेले एचआइभी संक्रमितलाई दिइने सेवा प्रभावकारी बनाउने काम भइरहेको जानकारी दिए । उनले एच.आई.भी संक्रमितले अझै समाजबाट तिरस्कृत हुनुपरेकोले अझै चुनौती भने रहेको बताए । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला एड्स समन्वय समिति, नील हिरा समाज लागायत एचआइभिको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चितवनका स्थानीय विकास अधिकारी भरतमणी पाण्डेले एच आइभिको क्षेत्र आफ्नो लागि खासै नौलो नभएको बताए । उनले जसको सवाल उसको नेतृत्व हुनुपर्नेभन्दै यसको लागि सरकारी निकायहरुमा लविङ गर्र्नुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा यो क्षेत्रमा प्रभावकारीरुपले सक्दो सहयोग गर्ने प्रतिवद्दता पाण्डेको थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.