निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्ने समलिंगी तेस्रोलिंगीको प्रतिवद्धता

तालिममा सिकेको ज्ञान व्यवहारमा उतार्ने समलिंगी तेस्रोलिंगीको प्रतिवद्धता

502
SHARES

काठमाडौं /अम्विका दाहाल (पहिचान) जेठ २८ -एक क्षणको वेहोसी पनका कारण बाचुञ्जेल एचआइभीको संक्रमणमा पर्दा कसको मन दुख्दैन होलार ? यस्तै एक जना व्यक्ति भन्दै थिए, म त वेहोसीमा एचआइभी संक्रमित भए, तपाई नहुनु होला । महिला पुरुषबीच हुने यौन सम्पर्कका वेलामा मात्रै होइन, पुरुष पुरुष र महिला महिलाबीच हुने यौन सम्पर्कका वेला पनि वेहोसी हुनुहुँदैन । उनी भन्दै थिए, पुरुष समलिंगी गे र महिला समलिंगी लेसवियनमा एचआइभी संक्रमण १९ प्रतिशत धेरै हुन्छ । नील हिरा समाजको दिवा कार्यक्रमले काठमाण्डुमा साथी शिक्षक र सामूदायिक कार्यकर्तालाई दिएको तीन दिने कार्यक्रममा सहभागीहरुले समलिंगी तेस्रोलिंगी माथि हुने यौन रोग, एचआइभी संक्रमणबारे चासो राखेर प्रश्न मात्रै गरेनन्, आफूहरु माथि विभिन्न ठाउँमा जाँदा विभिन्न उपनाम प्रयोग गरेर बोलाउँदा मन कुडिएको तितो अनुभव समेत सुनाए ।

गाउँ गाउँमा जानु पर्छ, को आयो भन्दा विभिन्न उपनाम दिएर चिनाइन्छ सहभागीहरुले भने, हामी हाम्रो व्यक्तिगत जीवनको भन्दा पनि चेतना पुग्न नसकेका दुर्गम बस्तीमा बस्नेको जीवन सुरक्षाका लागि खटिएका हौ भनेर धेरैले ठान्दैनन् । यसमा दुख लाग्छ । नील हिरा समाजले देशभरका साथी शिक्षक र सामूदायिक कार्यकर्तालाई पहिलो पटक तालिम दिएको भने होइन । समाजको दिवा कार्यक्रमका सहायक कार्यक्रम निर्देशक संजय शर्मा भन्छन्, समलिंगी तेस्रोलिंगी साथी शिक्षक र सामूदायिक कार्यकर्ता माथि हुने विभेद र दुरव्यवहार कम भएको छ तर अन्त्य भएको छैन ।DSC04506

मानवअधिकार, शिक्षा, रोजगार समान सहभागितासँगै विशेष गरी समलिंगी तेस्रोलिंगीको स्वास्थ्यलाई प्राथमिकता दिएर तालिम दिने गरिएको शर्माले बताए । जसले तालिम लिएको छ उसले समूदायमा गएर साथीहरुलाई सक्षम बनाउन सक्ने भएकाले देशका विभिन्न जिल्लाबाट प्रतिनिधि मुलक सहभागिता गराएर तालिम संचालन गरिएको शर्माले वताए । एचआइभी संक्रमण के गर्दा हुन्छ र के गर्दा हुँदैन भनेर शिक्षित बनाउन साथी शिक्षक र सामुदायिक कार्यकर्तालाई तालिम दिइएको प्रशिक्षक प्रभा क्षेत्रीले जानकारी दिइन ।
व्यवहारमा उतार्न आग्रह
समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता, पूर्व सभासद् एवं विश्व प्रसिद्ध नोवेल शान्ति पुरस्कारको मनोनयनमा परेका सुनिलवावु पन्तले तालिममा सिकेको ज्ञान सबैमा बाढ्न आग्रह गरेका छन् । तालिमको अवलोकनपछि पन्तले सहभागीहरुलाई सिकेको ज्ञान सबैमा पुर्याउन आग्रह गरेका हुन् । पन्तले तालिममा सिकेको ज्ञान आफ्नो व्यवहारमा उतारेर विभेद र दुरव्यवहार कम गर्ने चेतना फैलाउन सुझाव दिए ।

तालिमको समापन गर्दै नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले तालिममा सिकेको ज्ञानको कोसेली समूदायका सबै सदस्य माझ पुर्याउन आग्रह गरिन । अध्यक्ष गुरुङले नजानेको कुरा सिक्न र जानेको कुरा सिकाउनु पर्नेमा जोड दिइन । तालिममा नील हिरा समाजका बाग्लुङ्ग, सुर्खेत, काभ्रे, धनकुटा, इलाम, स्याङ्गजा, मोरङ्ग लगायत जिल्लाका शाखा कार्यालयमा कार्यरत साथी शिक्षक र सामूदायिक कार्यकर्ताको सहभागिता रहेको थियो ।

तालिममा सहभागीहरुले तालिम प्रभावकारी भएको भन्दै व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका थिए । उनीहरुले फेरी नील हिरा समाजले यस्ता तालिम देशैभर आयोजना गरेर समाजमा समलिंगी तेस्रोलिंगी माथि रहेको भ्रम अन्त्य गर्दै एचआइभी संक्रमित समलिंगी तेस्रोलिंगीको उपचार सेवामा सहयोग जुटाउन पहल गर्ने विश्वास व्यक्त गरेका थिए ।

समाचार शेयर गर्नुहोस्
502
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.