काठमाडौं /विष्णु अधिकारी (पहिचान) जेठ २९ -नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले समलिंगी तेस्रोलिंगीको संविधानसभामा प्रतिनिधित्व गराउन पार्टीमा छलफल गर्ने बताएकी छन् । संविधानसभा चुनावमा समानुपातिक तर्फको बन्द सूचिमै समावेश गर्नु पर्ने समूदाय छुटेकोमा दुख व्यक्त गर्दै भण्डारीले मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ सदस्यमा समलिंगी तेस्रोलिंगीको पनि प्रतिनिधित्व गराउन पहल गर्ने बताएकी हुन् । समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीका अभियन्ता पूर्व सभासद् सुनिलवावु पन्त नेतृत्वको टोलीसँगको भेटमा एमाले उपाध्यक्ष भण्डारीले एक माघले जाडो नजाने भन्दै पार्टीले उचित सम्वोधन गर्ने आश्वास दिइन ।
पार्टीमा समलिंगी तेस्रोलिंगीबारे छलफल भएपनि यौनिक तथा लैगिंक अल्पसंख्यक विभाग गठन गर्ने, संविधानसभामा प्रतिनिधित्व गराउने र केन्द्रीय कमिटी, जिल्ला कमिटिमा समावेश गर्ने विषयमा नेताहरुले प्रस्ताव पेश गरेको जानकारी आफूलाई नभएको भण्डारीले बताइन् । तपाईहरुको विषयमा छलफल भएको छ, तर कुन स्थान दिएर पार्टीमा क्रियाशिल गराउने भनेर कुनै पनि नेताले प्रस्ताव पेश गरेका छैनन् एमाले उपाध्यक्ष भण्डारीले भनिन, अव म तपाईहरुको गुनासो पार्टी स्थायी र केन्द्रीय कमिटी बैठकमा राख्छु ।
तामझामका साथ पार्टी प्रवेश गराउँदा देशभरका समलिंगी तेस्रोलिंगीमा हौसला छाएपनि अहिले पार्टीले कुनै भूमिका नदिदाँ निराशा छाउन थालेको विश्व प्रसिद्ध नोवेल शान्ति पुरस्कारको मनोनयनमा समेत परेका अधिकार प्राप्तीका अभियन्ता सुनिलवावु पन्तले गुनासो गरे । नेकपा संयुक्तमा केन्द्रीय सदस्य थियौ, एउटा बाम पार्टीबाट अर्को बाम पार्टीमा जाँदा उही जिम्मेवारी पाइन्छ भन्ने थियो, तर खोइ हाम्रो भूमिका ? पन्तले प्रश्न गरे, पार्टीमा छौ भन्ने कि छैनौ भन्ने ? जवाफमा उपाध्यक्ष भण्डारीले यो गुनासो पार्टी केन्द्रीय कमिटिमा राखेर उचित भूमिका दिलाउन प्रयास गर्ने बताइन् ।
पन्तले पार्टी सदस्य हुँदै हुने भनेर भूमिका विहिन बनाएर नराख्न उपाध्यक्ष भण्डारीलाई आग्रह गरे । एमाले उपाध्यक्ष भण्डारीले पार्टीको नवौ महाधिबेशनका लागि समलिंगी तेस्रोलिंगीबाट ५ जना महाधिबेशन प्रतिनिधि छनौट हुनुपर्ने बताइन् । ७ सय जना समलिंगी तेस्रोलिंगी पार्टी प्रवेश गर्नु भएको रहेछ भण्डारीले भनिन्, कम्तीमा ५ जना महाधिवेशन प्रतिनिधि बन्नु हुनेछ । भेटमा समलिंगी तेस्रोलिंगीको अधिकार प्राप्तीको अभियान चलाउदै आएको नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको पनि सहभागिता थियो ।
यसैबीच तेस्रोलिंगीबारे गलत धारणा व्यक्त गर्ने एमाले बरिष्ठ नेता माधवकुमार नेपालले आफूले समलिंगी तेस्रोलिंगीबारे गलत अभिव्यक्ति नदिएको प्रष्टिकरण दिएका छन् । नवौ महाधिबेशनको प्रचारमा दाङ पुगेका बरिष्ट नेता नेपालले तेस्रोलिंगी शिल्पा चौधरीसँग आफ्नो विरुद्धमा रहेका पार्टीका केही नेताले आफ्नो विरुद्ध प्रचारवाजी गरेको बताए । महिले समलिंगी तेस्रोलिंगीबारे पार्टीमा केही बोलेको छैन, नेपालको भनाई उद्धृत गर्दै तेस्रोलिंगी चौधरीले भनिन्, तपाईहरुका माग के छन् मलाई लेखेर दिनुहोस म पार्टीमा राख्छु । नेता नेपालले आफू समलिंगी तेस्रोलिंगीलाई सम्मान गर्नुपर्छ भन्नेमा दृढ रहेको बताएका चौधरीले जानकारी दिइन ।
एमाले नेता नेपाललाई एमाले राप्ती अञ्चल सदस्य लक्ष्मण आचार्य, नेकपा एमाले दाङ क्षेत्र नम्वर १ का अध्यक्ष मेटमणी चौधरी र इन्चार्ज कुलवहादुर केसीले संविधानसभामा मन्त्रीपरिषद्ले मनोनित गर्ने २६ जनामा तेस्रोलिंगीलाई अनिवार्य प्रतिनिधित्व गराउन ध्यानाकर्षण गराएको छ । उनीहरुले तेस्रोलिंगी शिल्पा चौधरीलाई मनोनित गर्न एमाले नेता नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पत्रको व्यहोरा यस्तो छ ः
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.