निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पहिचान अनुसारको नागरिकता नपाएको तेस्रोलिंगीको गुनासो

पहिचान अनुसारको नागरिकता नपाएको तेस्रोलिंगीको गुनासो

604
SHARES

भैरहवा /सुमित पौडेल (पहिचान) असार २- तेस्रोलिंगीहरुले पहिचान अनुसारको नागरिकता नभएका कारण आफुहरु राज्यले दिने सेवा सुबिधाबाट बञ्चित हुनु परिरहेको बताएका छन् । नील हिरा समाजकी मानब अधिकार बिभाग प्रमुख भुमिका श्रेष्ठले आफ्नो पहिचान अनुसारको नागरिकता नभएकै कारण शिक्षा, स्वास्थ्य तथा रोजगारबाट वञ्चित हुनुपरेको गुनासो गरिन् । नील हिरा समाज भैरहवाले आयोजना गरेको कार्यक्रममा श्रेष्ठले आफ्नो योग्यता भएर पनि सरकारी तथा गैरसरकारी निकायमा तेस्रोलिंगीहरुले अबसर नपाएको उनको भनाई छ ।
नील हिरा समाज भैरहवाकी कार्यक्रम संंयोजक मनिला न्यौपाने र नील हिरा समाज बुटवलका कार्यक्रम संमयोजक चाल्सबोन सिजापतीले समलिंगी तेस्रोलिंगी भएकै कारण आफ्नै परिवारबाट निकालिनु परेको र पैतृक सम्पतिबाटसमेत बञ्चित हुनु परेको बताए । उनीहरुले अन्य नागरिक सरह समलिंगी तेस्रोलिंगीलाई पनि नागरिकता दिनु भन्ने सर्बोच्च अदालतको फैसला अझै कार्यान्वयन हुन नसकेको गुनासो गरे ।
न्यौपाने र सिजापतीले सर्बोच्चको फैसला आउनु अघि नै नागरिकता लिइसकेकाले तेस्रोलिंगीले पनि नागरिकता पाउनु पर्ने माग गरे । यस्तै नील हिरा समाजकी मानव अधिकार बिभाग प्रमुख भुमिका श्रेष्ठले संविधानसभामा आफ्नो समुदायबाट प्रतिनिधित्व हुन नसकेको भन्दै मन्त्रीपरिषदले मनोनित गर्ने २६ सिटमा यौनिक तथा लैगिक अल्पसंख्यकको अनिवार्य प्रतिनिधित्व हुनु पर्नेमा जोड दिइन् ।

समाचार शेयर गर्नुहोस्
604
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.